राष्ट्रिय स्वाभिमान पार्टी नेपालको भेला

0
458

भद्रपुर, असोज २२ । राष्ट्रिय स्वाभिमान पार्टी नेपालका केन्द्रीय सदस्य तथा झापा क्षेत्र नं. २ र ३ का प्रत्यक्ष उमेद्वार इन्द्रप्रसाद ओलीले आसन्न निर्वाचनमा जनताले आफुलाई विजयी गराएमा संविधान सभाबाट प्राप्त हुने सेवा सुविधा सोही क्षेत्रको विकास र सामाजिक क्षेत्रमा लगाउने प्रतिवद्धता जनाएका छन् । निर्वाचन प्रचार प्रसारको क्रममा मंगलबार झापाको क्षेत्र नं. २ अन्तर्गत हल्दिवारी गा.वि.स. को वडा नं. ६ मा आयोजित भेलामा यस्तो प्रतिवद्धता जनाएका हुन् । निर्वाचन आयोगले सम्पन्न गर्ने मंसिर ४ गतेको निर्वाचनमा सम्पूर्ण मतदाताहरुलाई सकृय भएर उचित ठाउमा मतको प्रयोग गर्न समेत ओलीले आग्रह गरेका छन् । उनले आफ्नो पार्टीको घोषणा पत्रमा असक्षम ६०१ सभासदले उठाउन नसकेको अनि २०६२÷०६३ को जनआन्दोलनको मर्म र भावना विपरीत देशलाई गृह युद्ध र जातिय युद्धमा पु¥याउने अदुरदर्शिता र षड्यन्त्र पूर्वक गरिएका निर्णयलाई सच्याउन आफ्नो पार्टीको मूख्य एजेण्डा रहेको उल्लेख गरेका छन् । विश्वको सम्पूर्ण हिन्दुहरुको आस्था र नेपालमा ८१ प्रतिशत भन्दा वढी हिन्दुहरुको पहिचानमा रहेको हिन्दु राष्ट्र नेपाललाई अरवै रुपैया कुम्ल्याएर धर्म निरपेक्ष भनि गरिएको घोषढालाई खारेज गरी संविधानमा नै अपरिवर्तनिय व्यवस्थाका रुपमा धार्मिक स्वत्रन्त्रता सहितको गणातान्त्रिक हिन्दू राष्ट्रिय कायम गर्ने वताएका छन् । कार्यक्रममा क्षेत्र नं. २ र ५ का समानूपातिक पं.ऋषि नेपाल र देवेन्द्र वस्नेत लगायत उल्लेखियको सहभागिता थियो ।