प्रसाद वितरण अष्ठमीवाट

0
489

इलाम असोज २३ । इलामको पाथीभरा मन्दिरमा उमारिएको जमरा तथा प्रसाद अष्टमीको दिन बाट भत्तजनलाई बितरण गर्न थालिने भएको छ ।
घटस्थापनामा बिधिवत रुपमा जमरा राखिएको र नवरात्रभर देवीको नवरात्र पाठ गरिरहेको र त्यसको प्रसादको रुपमा जमरा बितरण गरिने पाथीभरा संरक्षण सस्थाले जनाएको छ । बिगत बर्षहरुमा जस्तै यस बर्षपनि घटस्थापनको दिन बिधिवत रुपमा गहु मकै जौ आदिको जमरा राखिएको छ । पाथीभरा मन्दिरमा हालै मात्र निर्माण सम्पन्न भएको नवदुर्गाको मन्दिर परिसरमा नवरात्रभर देबी दुर्गाको स्तोत्र, चण्डी पाठ र जमरा उमार्ने काम भइरहेको पाथीभरा संरक्षण सस्थाका सचिव मात्रिका प्रसाद बरालले बताउनुभयो । दशैको आगमन संगै नवदुर्गा मन्दिरको दर्शन तथा पूजा पाठ गर्ने भत्तजनको आवत जावतमा पनि बृध्दि भएको छ । उता पाथीभरा मन्दिर क्षेत्र प्रबेश गर्ने कुटिडाँडाको मुख्य प्रबेश द्वार रंग रोगनको अभावमा पूरानो जस्तो देखिन थालेको छ । दैनिक सयौ भक्त तथा पर्यटकले तस्वीर खिचेर लैजाने सो प्रबेश द्वार को रंग उक्किएर अशोभनिय जस्तो देखिएकाले संरक्षत समितिले तुरुन्तै मर्मत सुधार गर्नुपर्ने संस्थाका पूर्ब सदस्य योगेश चाम्लिङ्गले सुझाव दिनु हुन्छ । पाथीभरा मन्दिर आउने पर्यटकहरुले मन्दिर प्रबेशको गेट तथा त्यहाको सिडीको तस्विर खिचेर अन्य मानिसलाई देखाएर मन्दिरको ५० प्रतिशत भन्दा बढि प्रचार प्रसार हुने गरेको छ । यता पाथीभरा संरक्षण सस्थाका सचिव मात्रिका बराल भने मन्दिर सिडी तथा गेटको संग लगाउने काम भएको र चाढबाढको कारण कामदारको अभावले ढिलाइ भए पनि तिहार अघिनै सबैकाम पुरा गर्ने लक्ष्य रहेको बताउनु हुन्छ । यस अधि २०५१ साल मा कोल्बुङ्ग गाबिस र सस्थाको सम्युक्त लगानीमा सो प्रबेश द्वार निर्माण भएको हो ।