विमल दहाल,
माई,
इलामको माईजोगमाई गाँउपालिकामा एक दिने बार्षिक स्वास्थ्य समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।गाँउपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको समिक्षा कार्यक्रममा आर्थिक बर्ष २०७६÷०७७ मा स्वास्थ्य कार्यक्रमहरुको स्वास्थ्य संंस्था स्तरीय समिक्षा सम्पन्न भएको हो ।
गाँउपालिका अध्यक्ष जीत बहादुर राईले स्वास्थ्य समस्या समाधान गर्न यो समिक्षाले महत्वपुर्ण सहयोग गरेको बताँउनु भयो । वहाँले स्वास्थ्य संस्था भौतिक सुधारका लागि मापदण्डयुक्त भौतिक सुधार गर्न पहल गर्ने बताउनुभयो । कार्यक्रमको अध्यक्षता गर्नुहुदै प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीले स्वास्थयकर्मीका र स्वास्थ्य संस्थाका समस्या समाधान गर्न लागिपर्ने बताँउनुभयो । वडाध्यक्षहरुले स्वास्थ्य संस्थाको गतिबिधिको कार्यपालिका बैठकमा समेत रिर्पोटिङ्ग गर्न र समस्या समाधान गर्न आग्रह गर्नु भयो ।
समिक्षा कार्यक्रम गाँउपालिका अध्यक्ष जीत बहादुर राईको प्रमुख आथित्यता तथा उपाध्यक्ष साबित्रा भट्टराईको बिशेष आथित्यतामा सम्पन्न भएको थियो । कार्यक्रमको अध्यक्षता प्रमुख प्रशासकिय अधिकृत भागवत प्रसाद रेग्मीले गर्नुभएको स्वास्थ्य शाखा संयोजक राम शंकर देबले जानकारी दिनुभयो ।
माईजोगमाई गाँउपालिका अन्तरगतका प्याङ्ग प्राथामिक स्वास्थ्य केन्द्र, नाम्सालिङ्ग, नयाँबजार, सोयाङ्ग र जोगमाई स्वास्थ्य चौकीबाट सम्पन्न क्रियाकलापको समिक्षा गरिएको थियो । कार्यक्रममा हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम अन्तरगतको बार्षिक प्रगति समेत समिक्षा गरिएको गाँउपालिक स्वास्थ्य शाखा संयोजक राम शंकर देबले जानकारी दिनुभयो ।
माईजोगमाई वडा स्तरीय स्वास्थ्य ब्यबस्थापनका समितिका अध्यक्ष तथा वडाध्यक्षहरु, वडा सचिब, कर्मचारी, स्वास्थ्य इन्चार्ज, स्वास्थ्यकर्मी, सिबिआरएफ, करुणा फाउण्डेसन नेपालका प्रतिनिधि लगायत ४० जनाको सहभागिता रहेको कार्यक्रमको समापन कार्यक्रममा वडाध्यक्ष भवानी लिङ्गदेन, करुणा फाउण्डेसन नेपालका छबि श्रेष्ठ, सहभागीदिलदिप उराउ लगायतले मन्तबय राख्नुभएको गाँउपालिका कम्युटर अपरेटर असोक लिम्बुले जानकारी दिनुभयो ।































