बिर्तामोड,
६८ औं विश्व कुष्ठरोग दिवसको अवसर पारेर वाह्रदशी गाउँपालिकामा रहेका कुष्टरोग प्रभावित अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरिएको छ ।
वाह्रदशी गाउँपालिका स्वास्थ्य शाखाले सात जनालाई सम्मान गरेको हो । गाउँपालिका भित्र रहेका ३ जनालाई भने घरमै गएर सम्मान गर्ने कार्यक्रम रहेको वाह्रदशी स्वास्थ्य शाखा प्रमुख रामकुमार साहाले जानकारी दिए ।
सम्मानित हुनेहरुमा गोपाल खड्का,वाझ्दीन मिया, चमारु मिया, हजारा मिया, सुनिता गिरी, निशा गिरी र मोहनसिंह गिरी छन् ।
वाह्रदशी गाउँपालिका १ भागुडुव्वास्थित अमृत माविको प्राङ्गढमा भएको कार्यक्रम अघि विद्यार्थीको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । अमृत माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सोभितमान तामाङको अध्यक्षतामा भएको कार्यक्रममा लीलावती राजवंशी, विद्यालयका प्रधानाध्यापक रामवहादुर वुढाथोकी लगायतले बोलेका थिए ।
यस अघि शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, स्वास्थ्यकर्मीहरुले भागुडुव्वा वजार परिक्रममा गर्दै कुष्टरोगबाट वच्ने उपायका वारेमा सचेतना मूलक ¥यालीको आयोजना गरेका थिए ।
































