भद्रपुर ।
प्रथम भद्रपुर मेयर कप टी २० क्रिकेट प्रतियोगिताको उपाधि ८ नम्बर वडाले उचालेको छ । मेची रङ्गशाला भद्रपुरमा शनिवार भएको फाइनल खेलमा १० नम्बर वडालाई २५ रनले हराउँदै ८ नम्बर वडाले उपाधि उचालेको हो ।
उपाधि उचालेसँगै ८ नम्बरले नगद २५ हजारसहित मेडल र ट्रफि पाएका छन्, भने उपविजेता १० नम्बरले नगद १५ हजारसहित मेडल र ट्रफिमा चित्त बुझाउनु पर्यो । टस जितेर पहिला ब्याटिङ रोजेका ८ नम्बरले निर्धारित २० ओभरको खेलमा १५० रन बनाएका थिए ।
जसमा शिबु बुढाथोकीको ३८ रन, प्रवेश कामतको ३२ रन र अङ्कित सुबेदीको १६ रन जोडन सफल भए । १० नम्बरका बलर उज्ज्वल राईले ३ र बलराम शाहले २ विकेट लिएका थिए । १५१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएका १० नम्बरले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १२५ रन बनाए ।
१० का सरोज पाण्डेले ४५ रन, दिप्शन बिस्टले १५ रन, समीर अधिकारीले ११ रन बनाए । ८ नम्बरका बलर राहुल शर्मा ३ विकेट, दीपेश कामती २, रितेश कामतीले २ र प्रवेश कामतीले १ विकेट लिएका थिए । फाइनल खेलको म्यान अफ द म्याच ८ नम्बरका प्रवेश कामती घोषित भए ।
नगर खेलुकुद विकास समितिका अध्यक्ष श्याम राउतको अध्यक्षतामा तथा भद्रपुर नगरपालिकाका मेयर जिवनकुमार श्रेष्ठ प्रमुख अतिथिमा भएको वेस्ट ब्याट्सम्यान सरोज पाण्डेलाई २५ यस, म्यान अफ द सिरिज अङ्कित सुबेदी २५ सय, वेस्ट बलर अङ्कित सुबेदी १५ सय, अनुशासित खेलाडीमा उज्ज्वल काफ्ले १५ सय , वेस्ट फिल्डरमा वसन्त कोइराला १५ सय, उदयमान खेलाडीमा अशोक राय १५ सय र मोटिभेशनल प्लेयर सुदर्शन महर्जन घोषित भएको आयोजकका तुलसी कार्कीले जानकारी दिए ।