भूमि समस्या समाधान आयोगले गर्ने कार्यतालिकाको विवरण उपलव्ध गराउन आग्रह

0
723

झापा ।

राष्ट्रिय भूमि अधिकार मञ्च नेपाल, झापाले भूमि समस्या समाधान आयोगले गर्ने कार्यतालिकाको विवरण उपलव्ध गराउन आग्रह गरेको छ ।

बुधबार भद्रपुरस्थित आयोगको कार्यलय पुगेर मञ्चका पदाधिकारीहरुको टोलीले जील्लाका सुकुम्बासीहरुको चासोको बिषय रहेको भन्दै आयोगले गर्ने कार्यतालिकाको विवरण उपलव्ध गराउन आग्रह गरेको हो ।

मञ्चका अध्यक्ष अर्जुन कुमार लिम्बुको नेतृत्वमा आयोग पुगेको टोलिले भुमिहिन तथा सुकुम्बासी किसानहरुले बिद्यमान भोगीरहनुपरेको समस्याका बारेमा आयोगका अध्यक्ष प्रेम गिरीको ध्यानाकर्षण गराएको छ ।

साथै जील्लामा भुमिहिन किसानहरुको अवस्था र उनीहरुको समस्या संबोधनका लागी निर्माण भएका ऐन,नियमहरुको फेहरीस्तका बारेमा समेत टोलिले अध्यक्ष गिरीसँग अन्तक्र्रिया गरेको थियो । सो क्रममा अध्यक्ष गिरीले आफु सँधै किसानहरुको साथमा रहेको भन्दै बर्षौदेखि भोगचलन गरीरहेको जग्गा उनीहरुले नै पाउनुपर्ने धारणा राख्नुभयो ।

२०६६ साल चैत्र २६ गते जील्लामा गठन भएको मञ्चले भुमि अधिकारबाट बञ्चित किसानहरुको पक्षमा आवाज उठाउँदै आएको जील्ला सदस्य ज्ञान बहादुर मगरले जानकारी दिनुभयो । भुमि समस्या सम्बन्धि आयोगले पहिलो चरणमा जील्लाका ९ स्थानीय तहसँग समझदारी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here