विद्यार्थीहरुलाई खेलकुद सामग्री र झोला प्रदान

0
911

दुहागढी ।

मेचीनगर नगरपालिका १४ नं. वडा कार्यालयले झापा दुहागढी स्थित बाल सुबोधिनी माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई खेलकुद सामग्री र झोला प्रदान गरेको छ ।

वडा कार्यालयले विद्यार्थी खेलाडीहरुका लागि ३५ हजार मूल्य बराबरको जर्सी र खेल सामग्री प्रदान गरेको छ । त्यसैगरी विद्यालयका प्राथमिक तहमा अध्ययनरत ३५ जना विद्यार्थीहरुलाई पाठ्यपुस्तक बोक्ने झोला समेत प्रदान गरिएको थियो ।

बिहीवार विद्यालयमा आयोजित एक कार्यक्रमका बिच नगर परिषद् सदस्यहरु लाल महमद मियाँ र सुरेश बुढाथोकीले उक्त सामग्री विद्यालयलाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मुनिलाल राजवंशी र प्रधानाध्यापक विश्व थापाले सहयोगका लागि वडा कार्यालयलाई धन्यवाद दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here