कुखुरा मरेपछि किसान चिन्तित

0
912

उमानाथ भण्डारी,
कमल।

कृषकका खोरमा भएका कुखुरा मर्न थालेपछि यति वेला कुखुरा पालक कृषक चिन्तित भएका छन् ।

कृषकले पालेका कुखुरा १० दिनदेखि मर्न थालेपछि कृषक चिन्तित भएका हुन् । यतिबेला बजारमा ब्रोइलर कुखुराको अभाव भएको छ । त्यही बेला दुईचार हजार नाफा हुने आशामा पालिएका कुखुरा भटाभट मर्न थालेपछि आर्थिक क्षति भएका कारण कृषक चिन्तित भएका हुन् ।

कमल गाउँपालिका–६स्थित रेसु कृषि फर्ममा पालिएका कुखुरा १० दिनदेखि भटाभट मर्न थालेका हुन् । कुखुरा के कारणले मरेका हुन् पशुचिकित्सकले बताउन नसकेको र औषधि प्रयोग गर्दा समेत कुखुरा मर्न नरोकिएको रेसु कृषि फर्मका सञ्चालक इन्द्र दाहाल बताउँछन् ।

पछिल्लो समय ब्रोइलर कुखुराको चल्ला र मासुका लागि योग्य माउ कुखुराको अभाव छ । यसैको मौका छोपेर विभिन्न नाका हुँदै भारतबाट ल्याएका माउ कुखुराका कारण रोग सरेको हुनसक्ने दाहाल बताउँछन् । खुल्ला रुपमा कुखुरा भित्र्याएका कारण यो समस्या आएको हो । कुन–कुन नाकाबाट अवैध रुपमा कुखुरा भित्रिँदैछन्, त्यो आफूलाई जानकारी छ । यदि सबैको सहयोग पाएमा अबैध कुखुरा रोक्न सकिने उनले बताए ।

मासुमा आत्मनिर्भर बनाउनका लागि सरकार लागीपरेको बेला किसानलाई यो अवस्था आएको हो । यस्तो बेलामा व्रोइलर पालक कृषकलाई राहतको प्याकेज उपलब्ध भए राम्रो हुने इन्द्र दाहाल बताउँछन् । ३५ दिन अगाडि १ हजार ४ सय चल्ला खोरमा हालेकोमा आज सम्ममा ९ सय कुखुरा मरिसकेको उनले बताए । दाहालको मात्र नभएर छिमेकी सुमन सिटौला र शेखर उप्रेतीको समेत कुखुरा मरेर सोत्तर भएको दाहालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here