तुलसीप्रसाद निरौला ,बिर्तामोड ।
झापाको विर्तामोड –४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था शिक्षा उपसमितिको आयोजनामा उन्नत जातका बाख्रा तथा व्यवसायिक मोैरी पालन सम्बन्धी तीन दिवसिय सिपमुलक तालिम शुरु भएको छ ।

संस्थाका शेयर सदस्यहरुलाई उन्नत जातका बाख्रा तथा व्यवसायिक मोैरी पालन सम्बन्धी सिपमुलक तालिम प्रदान गरेर स्वरोजगार बनाउने उद्धेश्यले तालिम प्रदान गरेको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए ।
संस्थाका शिक्षा उपसमिति संयोजक मेहरमान विष्टको अध्यक्षता तथा संस्थाका अध्यक्ष सुवास भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षा उपसमितिका सदस्य मदन रिजालले स्वागत गरेका थिए ।

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर वस्नेतले औचित्यमाथी प्रकाश पारेको कार्यक्रममा संस्थाका सल्लाहकार समिति संयोजक हरिप्रसाद कडरिया, शिक्षाविद् घनश्याम न्यौपाने, खेमराज ढकाललगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उन्नत जातका बाख्रा सम्बन्धी तालिमको सहजीकरण प्रगति वोयर बाख्रा पालन फर्मका सञ्चालक गणेश पराजुलीले गरिरहेका छन् ।

तालिममा ७० जना भन्दावढी शेयर सदस्यहरुको सहभागिता रहेको संस्थाका तालिम विभाग प्रमुख विजय बस्नेतले जानकारी दिए ।
कार्यक्रमको सञ्चालन शिक्षा उपसमितिका सदस्य वद्री प्याकुरेलले गरेका थिए ।






























