मेचीनगर ।

१ नम्वर प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले हरेक सञ्चारकर्मीहरुले निष्पक्षरुपमा समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आइतबार मेचीनगर–६ स्थित काकँरभिट्टामा प्रेस क्लब मेचीनगरको कार्यालय उद्घाटन गदैं कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका प्रदेशसभा सदस्य मैनालीले फरक विचार, आस्था र सिद्घान्तका कारण समाचारहरुलाई फरकरुपमा सम्प्रेषण गर्न नहुने बताउनुभयो । हरेक पत्रकारहरु निष्पक्ष र स्वतन्त्र हुनुपर्ने भन्दैं उहाँले नेपाली प्रेस स्वतन्त्र र निष्पक्ष नभए धेरै कुरामा पारदर्शिता नहुने आशंका व्यक्त गर्नुभयो ।
हरेक क्षेत्रमा देखा परेका विकृतिविसंगतिलाई सञ्चारमाध्यममार्फत उजागर गर्न जोड दिदैं त्यस बखत देखिएका समस्याको हलमा पनि पत्रकारको भूमिका रहने बताउनुभयो । हरेक कुराको समस्या नभएर समाधानतर्फ अघि बढ्नु पनि पत्रकारको मुख्यःजिम्मेवारी रहेको उहाँको भनाई छ । पत्रकारिताको स्थापित मूल्य र मान्यतालाई अक्षरस पालना गर्दै सञ्चार क्षेत्रको गरीमालाई भुल्न नहुनेमा उहाँले जोड दिनुभयो ।
प्रदेश सभा सदस्य मैनालीले नेपाली सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्था ज्यादैं न्युन भएकाले राज्यले अब सञ्चार माध्यम र सञ्चारकर्मीको अवस्था सुधार्न ढिलो भइसकेको बताउनुभयो । नेपाली सञ्चारमाध्यमहरु र त्यसमा कार्यरत सञ्चारकर्मीहरुको अवस्थाका बारेमा आफु जानकार भएको भन्दैं संघीय प्रदेश र स्थानीय सरकारले अहिले पनि उनीहरुका बारेमा केही नसोच्ने हो भने परिस्थिती दिनप्रतिदिन जटिल बन्दैं जाने तर्क उहाँले अघि सार्नुभयो ।
प्रदेशभरि रहेका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई आर्थिकरुपमा बलियो बनाउन आफुले पटक पटक प्रदेश सरकारसँग छलफल गरेको बताउदैं केही बजेट विनियोजन समेत गरेको उहाँले जानकारी दिनुभयो । सांसद विकास कोष मार्फत आगामी बजेटमा प्रेस क्लबमार्फत पत्रकारहरुको क्षमता अभिबृद्धिमा सहयोग गर्ने बताउनु भयो ।
विशिष्ट अतिथि मेचीनगर— ६ का वडा अध्यक्ष ललितबहादुर तामाङले आगामी बजेटमा वडा कार्यालय मार्फत प्रेस क्लबलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो । प्रमुख अतिथि मैनाली र वडा अध्यक्ष तामाङले प्रेस क्लब मेचीनगरको कार्यालयको ६÷६ महिनाको कोठा भाडा आ —आफ्नो तर्फबाट तिरिदिने पनि कार्यक्रमकै दौरानमा प्रतिबद्धता व्यक्त गर्नुभयो ।
क्लबका अध्यक्ष लक्षी उप्रेतीको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखा उपाध्यक्ष एकराज गिरी, पूर्व केन्द्रिय सदस्य मोहन काजी,क्लबका संस्थापक अध्यक्ष एवम् नेपाल पत्रकार महासघ झापाका सचिव सन्तोष आचार्य, निवर्तमान अध्यक्ष मुक्ति पौडेल र पुर्व ज्ञानेन्द्र निरौला, ईलाका प्रहरी कार्यालय काँकरभिट्टा प्रमुख प्रहरी नायव उपरीक्षक सुनील दाहाललगायतले सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिदै हाम्रो समाजमा जोसुकैबाट गल्ती भएको पत्रकारले थाहा पाए त्यसलाई लुकाउनु साटो जनता सम्म ल्याई पत्रकारले आफ्नो धर्म निर्वाह गर्नुपर्ने धारणा राख्नुभएाके थियो । सोहि अवसर नेपाल पत्रकार महासंघको सदस्य प्राप्त गर्न सफल क्लबका ५ जना र साधारण सदस्य उकजना गरी ६ जनालाई स्वागत तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल वोडर आउट पोस्टका वीओपी पति सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, इलाका प्रहरी कार्यालय धुलावारीका प्रहरी निरीक्षक विकास राई, रोटरी क्लब मेचीनगरका अध्यक्ष कृष्णकान्त खनियाँ पूर्व अध्यक्ष अशोक श्रेष्ठ, नाटा १ नम्बर प्रदेशका अध्यक्ष उदयकुमार श्रेष्ठ, छड्के अनुशन्धान साप्ताहिक पत्रिका सञ्चालक बालकृष्ण थापा, जनसंसद दैनिकका प्रधान सम्पादक झुलन रेग्मी, मेची आवाज साप्ताहिकका सम्पादक प्रकाशक डम्बर बराल, इलाका प्रहरी कार्यालय धुलाबारी प्रमुख प्रहरी निरिक्षक विकास राई, सशस्त्र प्रहरी बल काँकरभिट्टा प्रमुख प्रहरी निरिक्षक विकास राई, फोटो पत्रकार संघ झापा अध्यक्ष विनोद पाण्डे, आदिवासी जनजाति पत्रकार मञ्च प्रदेश नं १ की भूमिका सुब्बालगायत विभिन्न राजनीतिक दल एवम् सामाजिक संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता थियो । क्लबका उपाध्यक्ष शिशिर चौलागाईँले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव जिआर धितालले गर्नुभएको थियो ।































