गोपाल अधिकारी,
बिर्तामोड ।

झापाको बिर्तामोड स्थित देवी माध्यमिक विद्यालयमा विपद् उद्धार जनचेतना कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
सशस्त्र प्रहरी बल २ नम्बर हेडक्वाटरद्धारा देवी माविका ९ देखि १२ कक्षामा अध्ययनरत विद्यार्थीहरुलाई विपद् उद्धार सम्बन्धि प्रशिक्षण प्रदान गरिएको हो ।
चैत वैशखको समयमा आगलागीका घटना बढ्ने भएकाले सशस्त्र प्रहरीले विपद्को समयमा कसरी उद्धार गर्ने भन्ने विषयमा प्रयोगात्मक ढङ्गले विद्यार्थीलाई प्रशिक्षण प्रदान गरेको हो ।
विद्यालयमा गरिएको कार्यक्रममा आगलागी नियन्त्रणको प्रयोगात्मक अभ्यास समेत गरिएको थियो । कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक अम्बिका श्रेष्ठ, सशस्त्र प्रहरीका झापा प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे लायतको सहभागितामा भएको कार्यक्रममा शिक्षक उमेश साहले सहजिकरण गरेका थिए ।






























