मुलुकमा फेरि राजनीतिमा भुँइचालो जाने डरलाग्दो भविश्यवाणी { भिडियो सहित }

0
1286

झापा,सामान्य नागरिकदेखि राजनेतासम्मको भविश्यवाणी गर्र्दै आएकी ‘माता’ सविता शर्मा सरु आचार्यले फेरि डरलाग्दो भविश्यवाणी गरेकी छिन् ।
झापाको बिर्तामोडमा पूर्वाञ्चल दैनिकसंग कुराकानी गर्दै माता आर्चायले नेपालको राजनीतिमा थप उथल पुथल हुने भविश्यवाणी गरेकी छिन् । उनले २०७८ सालमा नेपालमा फेरि राजनीति भूइँचालो जाने भन्दै २०४७ सालको संविधिन व्यँतने खतरा बढेर गएको बताइन् । भविश्यवाणीका क्रममा माता आर्चायले मुलुकमा कुनै पनि हालतमा राजसंस्था फर्कने बताउँदै राजसंस्था नफर्किएसम्म मुलुकमा शान्ति नहुने बताइन् ।

आन्तरिक कलहका कारण कम्युनिष्ट पार्टी पतनको बाटोमा गएको भन्दै १५ वर्षपछि कम्युनिष्ट पार्टी एकाएक हराएर जाने माताको भविश्यवाणी छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई समृद्ध पार्न प्रयत्न गरेपछि सफल हुन नदिएको बताउदै तत्काल उहाँलाई राजीनामा दिन घेरावन्दीमा पारिएपनि त्यो सफल नहुने उनको भनाई छ । केपी शर्मा ओलीलाई चलाउने अर्काे छुट्टै शक्ति भएकाले प्रधानमन्त्री ओलीले सहजै राजीनामा नदिने बताएकी छिन् । माता आर्चायले माधव नेपाल लगायतका नेता माओवादीसंग मिलेकाले पतनको बाटोमा गएको भविश्यवाणी गरेकी छिन् । उनले अब माधव नेपाल लगायतका नेताको शक्ति विस्तारै घट्दै जाने बताइन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here