बिर्तामोड,
ग्लोबल संचार मिडिया प्रा।लि र रिपोर्टर्स क्लब झापाको आयोजनामा समाचार बाचन कार्यक्रम संचालन तथा आधारभूत पत्रकारिता सम्बन्धी चार दिवसिय प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सहभागिहरुको सामुहिक सभापतित्व तथा बिर्तामोड नपा बार्ड न–३ का वडाध्यक्ष भोजराज सिटौलाको प्रमुख आतिथ्यमा समापन कार्यक्रम भएको थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी , मिडिया नेपालका केन्द्रीय सदस्य रञ्जित प्रसाई , बिर्तामोड उधोग बाणिज्य संघका महासचिब अर्जुन मैनालीलगायतले तालिममा सिकेको सिप व्यवहारमा उर्तान सहभागीलाई आग्रह गरेका थिए ।
त्यसैगरी तालिममा सहभागिका तर्फबाट मेचि महाकाली बुहारी संयुक्त आवाज झापाकी संयोजक शिखा खड्का गणेश र जोशिला कार्कीले ४ दिने तालिमको अनुभब सुनाएका थिए ।

तालिममा जिल्लाका बिभिन्न संघ संस्थामा आबद्द तथा नव प्रतिभाहरु गरी ३० जनाको सहभागिता रहेको थियो । तालिममा सहभागीलाई सो तालिममा प्रमुख प्रशिक्षक अग्रज पत्रकार चिन्तामणि दाहाल , बीबीसीका झापा संवाददाता उमाकान्त खनाल , नेपाल टाईम्सका युवा पत्रकार जीनाजंग कार्की , अशोक गौतम , कञ्चनजंघा एफएमका समाचार सम्पादक केशब भट्टराई सेतो पत्र डटकमका सम्पादक ज्ञानेन्द्र निरौला , स्वस्तिका आचार्य लगायतले सहजिकरण गरेका थिए ।

बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा सम्पन्न तालिमको सञ्चालन ग्लोबल संचार मिडिया प्रालिकी प्रतिनीधि कृतिका शिवाकोटीले गरेकी थिइन् ।






























