बिर्तामोड ।
वीरता लेडी जेसीजले एक कार्यक्रमका बीच २०७८ सालको क्यालेण्डर विमोचन गरेको छ ।

वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षता तथा नेपाल जेसीजकी क्षेत्र क निरुपित राष्ट्रिय उपाध्यक्ष रजनी थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता लेडी जेसीजकी उपाध्यक्ष रोजीना पाण्डेले स्वागत गरेकी थिइन् ।

वीरता लेडी जेसीजकी उपाध्यक्ष सुमित्रा भट्टराईले आस्था वाचन गरेको कार्यक्रममा अर्चना राउतले जेसीआई मिसन भिजन बाचन गरेकी थिइन् ।

कार्यक्रममा वीरता लेडी जेसीजकी संस्थापक अध्यक्ष शारदा रिजाल, बिर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपाने , रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट प्रशान्त भण्डारी, सुरुङ्गा जेसीजकी अध्यक्ष उषा यदुका उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव हिमा पौडेलले गरेकी थिइन् ।






























