सुरुङ्गा ।

कनकाई सामुदायिक वन उपभोक्ता समूह सुरुङ्गाको नयाँ समितिमा ५ पदाधिकारीका लागि १५ जनाले मनोनयन दर्ता गरेका छन् ।
अध्यक्ष पदमा ख्यामप्रसाद ओली, नारायणप्रसाद ओली र सन्तोषकुमार रायमाझीको उम्मेद्वारी परेको छ भने उपाध्यक्षमा हिरण्यकुमार राई, जीतबहादुर श्रेष्ठ र ललितबहादुर कार्कीले उम्मेद्वारी दर्ता गरेका छन् । सचिव पदमा मेनुका मैनाली, अम्बिका सुवेदी र मान्ता काफ्ले खरेलले मनोनयन गरेका छन् ।
सहसचिवमा चेतराज श्रेष्ठ, सचिन तामाङ्ग (लामा) र केशव संग्रौलाको उम्मेद्वारी परेको छ भने कोषाध्यक्षमा श्रीप्रसाद खरेल, खड्गप्रसाद चुडाल र गोपीलाल पाण्डेले उम्मेद्वारी दर्ता गरेको निर्वाचन समितिका संयोजक टीकाकुमार पोखरेलले जानकारी दिए ।
चुनाव सम्पन्न गर्न पोखरेल संयोजक र चन्द्र मैनाली (भतिज), रुपनारायण खतिवडा (रमेश), इन्द्रबहादुर रोक्का र रत्नकुमार श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति गठन भएको छ । यो चुनावमा नेकपा एमाले, नेपाली कांग्रेस र साझा विवेकशील पार्टीका आआफ्ना प्यानल खडा भएका छन् ।
३ हजार ३ सय ८५ घरधुरी ‘क’ वर्गको सदस्यको रुपमा रहेको समूहमा नवीकरण गरेका २ हजार ८ सय ६१ मतदाता रहेको कार्यालय सचिव नेत्र भट्टराईले जानकारी दिए् । मतदान आगामी चैत्र ३० गते तोकिएको छ ।






























