सेमीफाइलनमा बुटटाबारी युनाइटेड बिजयी

३१ चैत्र २०७७, मंगलवार मा प्रकाशित

बिर्तामोड ।

झापाको बिर्तामोड–६ बुट्टाबारीमा जारी जिल्ला स्तरीय नकआउट फुटबल प्रतियोगिता अन्तर्गत सोमबार भएको सेमिफाइनल खेलमा आयोजक बुट्टाबारी युनाइटेड क्लबले सैनिक युथ क्लबलाई ५–० गोल अन्तरले पराजित गरेको छ ।

खेलशुरु भएको १७, २६ र ६४ औ मिनेटमा युनाइटेड क्लबका जर्सी नं १७ बबिन बोहोराले तीन गोल लगाउन सफल भएका थिए । त्यस्तै ७४ औ मिनेटमा जर्सी नं १० बिजय राईले चौथो गोल गर्न सफल भए । खेलको ७६ औ मिनेटमा युनाइटेडकै जर्सी न १३ जमिन लक्सम पाचौ तथा अन्तिम गोल गरेका थिए । सैनिक युथले एक गोल पनि फर्काउन नसकदा युनाइटेडको ५ र सैनिकको ० गोल भएको थियो ।

झापा जिल्ला खेलकुद संघका अध्यक्ष भगीरथ आलेको प्रमुख आतिथ्य रहेको खेलमा म्यानअफ दि म्याच बबिन बोहेरा घोषित भएका छन् । मंगलबारको सेमीफाइनल खेल जलथल फुटबल क्लब भर्सेस बिर्तामोड युनाइटेड क्लब बीच हुनेछ ।

नाईन साईटमा खेलाईएको सो प्रतियोगिताका विजेताले ५५ हजार र उपविजेताले ३३ हजार नगद तथा ट्रफि पाउनेछन् । प्रतियोगिताको फाइनल खेल आउँदो बैशाख २ गते हुनेछ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here