विमल दहाल, माई इलाम ।

इलामको माईनगरपालिका वडा नम्बर–२ को वडा कार्यालय भवन बुधबार एक कार्यक्रमका बीच शिलन्यास गरिएको छ ।
वडाको मस्ते गाँउमा निर्माण शुरु गरिएको भवनलाई माईका मेयर दिपककुमार थेबेले पुजा पाठ गरी शिलन्यास गर्नु भएको हो । स्थानीय पदम गिरी र सुनिता गिरीले निःशुल्क प्रदान गर्नुभएको तीन रोपनी जग्गामा भवन शिलन्यास गरिएको हो ।
जग्गाको हालको मुल्य तिस लाख भन्दा माथि रहेको छ । शिलन्यास गरिएको भवनको बुधबारबाटै निर्माण कार्य शुरु समेत गरिएको छ । भान्सा कोठा, शौचालय सहित ६ कोठा रहेने एक तले भवन ८१ लाख रुपैयाको लागतमा निर्माण शुरु गरिएको हो ।
निर्माणका लागि आचार्य कन्ट्रकसन माईले जिम्मेवारी पाएको छ । वडा कार्यालय एक बर्ष भित्र निर्माण सम्पन्न हुने आचार्य कन्ट्रकसनका प्रमुख हरि आचार्यले जानकारी दिनुभयो ।
वडा कार्यालय शिलन्यास कार्यक्रममा उपमेयर बिष्णुमाया आचार्य, वडा सदस्य हरीमाया गौतम, राजेन्द्र निरौला लगायतको सहभागिता रहेको थियो ।































