मानव जगतकै लागि गम्भिर संकटको समय हो, सबै जुटौं : अध्यक्ष खनाल

१५ जेष्ठ २०७८, शनिबार मा प्रकाशित

 

विश्वभर यतिवेला कोभिड–१९ (कोरोना भाइरस) ले मानव जातीमा नै गम्भिर संकट उत्पन्न गराइरहेको छ । कोरोनाका कारण लाखौंको ज्यान गइसकेको छ भने लाखौं मृत्युसँग संघर्ष गरिरहेका छन् । लाखौंले स्वास्थ्य लाभ पनि लिइरहेका छन् । कोरोनाबाट नेपाल पनि अछुतो रहेन । अझ भन्नुपर्दा पछिल्लो समय नेपाल कोरोनाका कारण गम्भिर संकटसँग जुधिरहेको छ ।

कोरोना नियन्त्रण र यसबाट उत्पन्न क्षतिकम गर्नका लागि सामूहिक प्रयास र सतर्कताका गतिविधि यसबिचमा भइरहेका छन् । राज्य पक्षबाट आप्mना प्रयास भएका छन् भने संघसंस्था, समूहगत प्रयासबाट कोरोना भाइरससँगको सामूहिक लडाई चलिरहेको छ । युवाहरुको अन्तर्राष्ट्रिय संस्था जेसीज पनि यो अभियानमा जोडतोडका साथ लागि परेको छ । नेपाल जेसीज पनि कोरोना भाइरसको सामूहिक लडाईमा लडिरहेको छ ।

देशभरका एक सय ६१ वटा शाखा सहित सिँगो नेपाल जेसीज कोरोना विरुद्धको लडाईमा छ । कोरोनाको दोस्रो लहर सुरु भएयता नेपाल जेसीजले कोरोना कहर नियन्त्रण, संकटमा परेकाको सहयोगका लागि के कस्ता प्रयास गरेको छ त ? प्रस्तुत छ, यसैबिषयमा झापाका पत्रकार अनिल वाग्लेले नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर अरुणेश्वर खनालसँग गरेको कुराकानी ।

कोरोना संकटसँग देश जुधिरहेको छ, नेपाल जेसीजले यस विषयमा के कस्ता गतिविधि गरिरहेको छ ?

– यतिवेला मानव जगतकै लागि गम्भिर संकटको अवस्था सृजना भएको छ । कोरोना भाइरसका कारण नेपाल मात्र होइन सिंगो विश्वमा नै नकारात्मक प्रभाव देखिएका छन् । कोरोना भाइरससँग सबै पक्ष जुधिरहेको सन्दर्भमा नेपाल जेसीज पनि जोडतोडका साथ लागेको छ । देशभरका १६१ जेसीज शाखाहरु विभिन्न मानवीय सेवामा लागेका छन्, ‘मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै हरेक ठाउँमा जेसीजको उपस्थिति छ, हामी जति सकिन्छ त्यति गरिरहेको छौं ।

यतिवेला सहयोग र सचेतनामा हाम्रो मुख्य ध्यान केन्द्रीत छ । नेपाल जेसीज नै आयोजक बनेर सचेतना मूलक कार्यक्रम, आत्मवल बढाउनका निम्ति मोटिभेसनल तालिमहरु जुम मार्फत सञ्चालन भए । योगा जस्ले स्वस्थ्य रहन सहयोग गर्छ त्यो कार्यक्रम हामीले १५ दिन सञ्चालन गर्यौं । निशेधाज्ञाका कारण घर बस्नु पर्ने अवस्थामा धेरैमा मानसिक तनावको स्थिति सृजना हुनसक्ने हुँदा क्षमता अभिवृद्धि, आत्मवल बढाउने खालका कार्यक्रम सम्पन्न भयो । त्यस्तै हेटौंडा अस्पताललाई नेपाल जेसीजद्वारा १ सय १ वटा अक्सिजन सिलिन्डर सहयोग ग¥यौं । देशभरका जेसीज शाखाहरुले ठाउँठाउँमा अक्सिजन सहयोग, खाद्यान्य सहयोग, आर्थिक सहयोग, एम्बुलेन्स सेवा, कोरोना परीक्षणका लागि विभिन्न टेष्ट किटहरु लगायत सयौं मानविय सेवामा लक्षित कार्यक्रम भइरहेका छन् ।

यो बेला गर्नैपर्ने कुराहरु चाहिँ के हुन् त ?

सरकार स्तरबाट खोप सबैभन्दा महत्वपूर्ण कुरा हो, सबै ३ करोड नेपालीलाई अहिले खोप चाहिएको छ, त्यो परिपूर्तिमा सरकारको ध्यान जानुपर्छ । खोपका लागि सबैले पहल गर्नुपर्छ । नेपाल जेसीजले पनि जेसिआइसँग खोपका विषयमा चासो राखेको छ । तर पनि खोपको विषयमा मेजर दायित्व सरकारको हो । आज सरकार कता छ भन्दा, सरकार निर्वाचन घोषणा गरेर बस्या छ । सरकारले निर्वाचन घोषणा गर्दा निर्वाचन आयोग भन्दैछ निर्वाचन सम्पन्न गर्न ७० करोड जति आवश्यक पर्छ भनेर भन्दैछ । तीन करोड नेपाली जनतालाई तीस करोड भयो भने खोप लाउन सकिने अवस्था छ भने हामी कता तिर गहिरहेका छौं ? राज्य जिम्मेवार भएन, दल जिम्मेवार भएनन्, जेसीज र अन्यपक्षबाट खोपको कुरामात्र गरेर नहुने । जिम्मेवार निकाय जिम्मेवार हुन नसक्दा समस्या अझ बढीरहेको छ ।

कोरोना नियन्त्रणमा राज्य चुकेको हो त ?

नेपाल सरकार यो विषयमा चुकेको हो । कोभिडलाई सामान्य ठानियो । हामीसँग पहिलो लहर देखापरेपछि दोस्रो लहर देखापर्ने अवस्थासम्म आइपुग्दा पर्याप्त समय थियो । यस विचमा सबै नेपालीलाई खोप लगाउन सकिने समय थियो । देशभर कोभिड अस्पताल बनाउन सक्ने समय थियो तर कोरोना नियन्त्रणका लागि लकडाउनले मात्र समस्याको समाधान गर्छ भन्ने गलत बुझाइले समस्या जटिल बनेको हो ।

साँच्ची नै लकडाउनबाट निकास खोज्ने हो भने कप्mर्यु नै लगाउनु पर्छ । लकडाउन भन्या छ मान्छे हिन्या छन् हिन्याछन् । कसरी नियन्त्रण हुन्छ त कोरोना ? नेपालमा तीन खाले मानिस छन् उच्च, मध्यम र निम्न वर्ग । दुई खाले वर्गलाई खान समस्या नहोला । निम्न वर्गको मानिसलाई कस्तो समस्या छ, उनीहरुलाई राज्यले खानाको समस्या नहुने गरी व्यवस्थापन गर्न सक्नुपर्छ । राज्यको दायित्व नागरिकता प्रदान गर्ने मात्र होइन, जनता बचाउने दायित्व पनि राज्यको हो । जनता बचाउन तर्फ राज्यको ध्यान जाओस् नकि निर्वाचन । निर्वाचन जनताले मागेका छैनन्, मागेका छन् त सहज उपचार, खोप र खाद्यान्न ।

नेपाल जेसीजले यो बेला के आव्हान गर्छ त ?

आज मानव सभ्यता माथि नै प्रहार भएको अवस्था छ । मानव क्षति भएको अवस्था छ । हामी जेसीजकर्मी एक्सपर्ट होइनौ तर जेसी आवश्यकता चाहिँ पक्का हो । आवश्यकता पूरा गर्न हाम्रो ठाउँबाट अधिकतम प्रयास गरौं र गछौं पनि । अहिलेको आवश्यकता आपूm सुरक्षित हुँदै समाज र राष्ट्रलाई सुरक्षित राख्नु नै हो । नेपाल जेसीजको तर्फबाट यो आव्हान छ कि जुन अवस्थामा र जुन हैसियतमा छौं हामी सबै पूर्ण प्रतिवद्ध भएर लागौं । मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो, यतिवेला मानवताको सेवामा समर्पित हुनुछ यहि आव्हान छ नेपाल जेसीजको ।

अध्यक्षज्यू देशभरका जेसीज शाखालाई चाहिँ के आव्हान गर्नुहुन्छ ?

देश जटिल अवस्थामा छ, यो बेला नै हो मानवताको क्षेत्रमा लाग्नुपर्ने समय । नेपाल जेसीज देशभरका शाखाहरुलाई डब्लूएचओ र स्वास्थ्य मन्त्रालयबाट आव्हान भएका स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्दै जेसीज स्तरबाट गम्भिर ढंगले कोरोना विरुद्धको लडाईमा लाग्न आव्हान गर्छ । जोगिएर वा उपस्थित भएर नै केहि गर्न सक्छौं भने गरौं, भौतिक रुपमा उपस्थित भएर गर्न सक्ने अवस्था छैन भने बाध्यकारी समय छैन । जुम मार्फत अर्थात् भर्चुअल माध्यमबाट जनचेतना जगाउने, सचेतना फैलाउने, आत्मवल बढाउने, संक्रमितलाई स्वास्थ्य टिप्स दिने खालका कार्यमा सरिक हुन अपील गर्छु ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here