‘मेची अभियानमार्फत बिरामीको निःशुल्क उपचार पनि गर्दैछौं’

२७ जेष्ठ २०७८, बिहीबार मा प्रकाशित

 

आपद् विपदमा परेकाहरुलाई सहयोग गर्ने अभिप्रायले सञ्चालनमा आएको मेची अभियानको यात्रा अहिले पनि रोकिएको छैन । २०७२ सालको भूकम्पका वेला मेचीनगरवासीले सञ्चालनमा ल्याएको यो अभियानले अहिलेको विषम परिस्थितिमा पनि गाउँ–गाउँमा पुगेर सेवा दिइरहेको छ । अभियानमा मेचीनगरवासीको स्वतःस्फूर्त रुपमा सहयोग छ नै कतिपय दाता कोभिडको नयाँ भेरियन्टबाट संक्रमित बनेकालाई सहयोग गर्न लालाहित छन् । दाताले स्वतः स्फूर्त दिएको सहयोगबाट अहिले पनि मेची अभियानले कोभिडका कारण समस्यामा परेका र दुई छाक जुटाउन नै समस्यामा परेकाहरुलाई सहयोग गरिरहेको छ । अभियानले आगामी दिनमा के के गर्छ अनि अहिलेसम्म के–के ग¥यो सोही विषयमा अभियानकर्मी विजय डालमियासंग गरिएको कुराकानीको केही अंश ।

कोभिडको यो विषय परिस्थितिमा के गर्दै हुनुहुन्छ ?

– मेची अभियानले मेचीनगरमा रहेका कोरोना संक्रमितहरुलाई सेनिटाइजर, मास्क र आवश्यकता अनुसार अक्सीमिटर बितरण गर्दैछ । सगँसँगै कोभिड र ननकोभिडलाई सघाउ भन्ने अभियान हो हाम्रो । यो अभियान १५ गतेदेखि सञ्चालन गरेका छौ । त्यसमा टेलिमिडिसिनबाट बिरामीको उपचार गर्दैछौ । सामाजिक काममा यहा“हरुको भूमिका अरु समयमा पनि थियो नै अझ यो विषय परिस्थितिमा अप्ठ्यारोमा परेकाहरुलाई सेवा गरेको सुन्दा खुशी लाग्ने नै भयो ।

अहिलेसम्म कहा–कहा र कस्ता–कस्ता नागरिकलाई यहा“हरुले सहयोग गरिरहनु भएको छ ?

– विपद्मा परेकाहरुलाई सहयोग गर्ने हाम्रो अभियानको मूल लक्ष्य हो । यो अभियानमा केएचडीसी र मेचीनगरपालिकाको सहयोग र सहकार्य रहेको छ ।

टिममा को–को सहभागी बन्नु भएको छ ?

– यसमा ननकोभिडका बिरामीहरु– सुगर, प्रेसर, मुटु, मृगौला, गर्भवती महिला र डिप्रेसनका विरामीलाई हामीले बिशेष महत्व दिएका छौ । यो सेवा बाट हालसम्म १५०भन्दा वढी बिरामीले सेवा लिएका छन् । यो सेवा मेचीनगर, बुद्धशान्तिको दुईवटा वार्ड र भद्रपुर कोदुई वटा वार्ड लाइ सेवा दिएका छौ । यस्मा ल्याबदेखि औषधिसम्म निःशुल्क रहेको छ ।

अनि कहिलेसम्म यसरी दिन दुःखीको सेवा गर्ने सोच बनाउनु भएको छ ?

– जबसम्मसाम्स चल्छ जबसम्म ज्यानले धान्छ जबसम्म भगवानले पु¥याउँछ तबसम्म हामी काम गर्छौ । टेलिमेडिसिन सेवा जेठ १५देखि ३१ सम्म सञ्चालन हुन्छ । अहिले पनि त्यो कार्यक्रम चाल्छ । आगामी दिनमा यसको उपयोगिता हेरेर अझै थप गर्न सक्ने बिचार बनाएका छौं । यो अभियानमा स्वास्थकर्मीसहित १०६ जना स्वयम्सेवक जोडिएका छौ । हाम्रो अभियानको नाम नै मेची अभियान साझा अभियान हो ।

यो बेला आफंैमा जोखिम छ“दैछ । तथापि कसरी स्वास्थ्य सुरक्षा अपनाएर काम गरिरहनु भएको छ ?

– हामी फिल्डमा खटने साथीहरु स्वास्थ सुरक्षाका सबै उपाएहरु अवलम्बन गर्ने गरेका छौ । जस्तै मास्क, भौतिक दूरी सेनिटाइजरहरुको प्रयोग । अघिल्लेपटक पनि कोभिडको संक्रमण देखि“दा यहाँहरुले यसैगरी गाउ“–गाउ“मा पुगेर विपन्न र समस्यामा परेका नागरिकलाई सहयोग गर्नु भएको थियो ।

अहिले पनि निरन्तर गरिरहनु भएको छ ? के भन्छन् उनीहरु ?

– मेची अभियानप्रति आशा जागेको छ । यो अभियानको म पनि साक्षी छु । यो अभियानले कसैलाई कुनै पनि माध्यमबाट अझ सामाजिक सञ्जालबाट आर्थिक सहयोगको अपिल गर्दैन तर स्वतःस्फूर्त आफै सहयोग जुट्ने गरेको छ । सेवाग्राहीहरु पनि र अरु साथीहरुले पनि म्यासेज र कल गरेर कुनै ठाउँमा समस्या देख्नुभयो भने त्यहाँ यस्तो समस्या छ भन्नुहुन्छ । लौ न मेची अभियानले केही गरिदिनुपरो भनेर सूचना गर्नु हुन्छ । त्यसैले सबैले मेची अभियान प्रति एउटा आशा र भरोसा गर्नु भएको छ ।

मेची अभियान सधै पीडाको समयमा जुट्ने गरेको छ । आगामी दिनका कुनै भावी योजना केही छन् कि ?

– आगामी दिनमा मेची अभियानले स्थानीयपालिकाहरु सग सहकार्य गरेर टेलिमेडिसिन सेवालाई निरन्तरता दिने सोच बनाएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here