मेस्सीको दुई गोलमा बोलिभियाविरूद्ध अर्जेन्टिनाको शानदार जित

१५ असार २०७८, मंगलवार मा प्रकाशित

काठमाडौँ,

कोपा अमेरिका फुटबलमा अर्जेन्टिनाले बोलिभियाविरुद्ध शानदार जित निकालेको छ ।

मंगलबार बिहान सम्पनन्न खेलमा लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा अर्जेन्टिनाले बोलिभियालाई ४–१ गोलले हराएको हो ।

समुह चरणको अन्तिम खेलमा अर्जेन्टिनालाई जित दिलाउन लियोनल मेस्सीले दुई गोल गरे । अर्जेन्टिनाका लागि अलेजान्ड्रो गोमेज र लौटारो मार्टिनेजले एक एक गोल थपे ।

बोलिभियाका लागि इर्विन सावेद्राले एक गोल फर्काए । समुह एमा अर्जेन्टिनाले ४ खेलबाट १० अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया तालिकाको पुछारमा छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here