दमकबाट ११ जना जुवाडे दुई लाखबढी नगदसहित पक्राउ

0
876

झापा ।

झापाको दमक —७ हाटखोला स्थित कर्णवहादुर राईको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले नगद दुईलाख बढी रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी नायव उपरीक्षक समेतको प्रहरी टोलिले जुवा खेलिरहेको अवस्थामा दुई लाख आठ हजार ९५ रुपैयाँ नगद, कौडा १६ थान र उनीहरुले ओछयाएको कार्पेट समेत रीतपूर्वक वरामद गरी ११ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा घरधनी समेत रहेका छन् ।

प्रहरी प्रवक्ता डीएसपी थापाका अनुसार पक्राउ पर्नेहरुमा घरधनी दमक —७बस्ने ४० वर्षीय कर्णबहादुर राई, गौरादह —३ बस्ने ४२ वर्षीय दिनेश अधिकारी, सोहि ठाउँका ३८ वर्षीय इन्दुकुमार राजवंशी, इटहरी उपमहानगरपालिका —४ बस्ने ३५ वर्षीय विक्रम गुरुङ्ग, गौरादह —२बस्ने ३२ वर्षीय निर्मल थापा, दमक—२ का बस्ने ४२ वर्षीय रामबहादुर धिमाल, दमक—७ ४० वर्षीय राजन दाहाल, गौरादह— ३ बस्ने ३४ वर्षीय अंकित कार्की, दमक— ७ बस्ने ४४ वर्षीय गंगा पाठक, सुनसरी इटहरी उपमहानगरपालिका —१९ बस्ने २६ वर्षीय मिलन राई र दमक — ६ बस्ने ३३ वर्षीय विजय सिहं रहेका छन् ।

जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका सवैलाई आवश्यक अनुसन्धानकालागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here