पूर्वाञ्चलकर्मी युद्धबहादुर बोहोरालाई पितृशोक

0
543

झापा ।

स्वर्गीय नेत्रबहादुर बोहोरा

पूर्वाञ्चल दैनिकका इलाम–पाँचथर संवाददाता युद्धबहादुर बोहोरालाई पितृशोक परेको छ ।

बोहोराका बाबु ७५ वर्षीय नेत्रबहादुर बोहोराको शुक्रबार निधन भएको हो । उनी नसा सम्बन्धी रोगबाट पीडित रहेका थिए । स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि झापा तर्फ ल्याउँने क्रममा फिक्कलमा निधन भएको जनाइएको छ । उनको शनिबार अन्त्येष्टि गरिने जनाइएको छ ।

२००३ असार २६ गते जन्मिएका बोहोराको २०७८ साउन १ गते निधन भएको हो । फाकफोथुम गाउँपालिका–१ इलाममा जन्मिएका नेत्रबहादुरका चार छोरा, एक छोरी र श्रीमती छन् ।

छोराबुहारीहरु थिरबहादुर–धनमाया, यज्ञबहादुर–रसिला, युद्धबहादुर–रुपा, तिलविक्रम– ममता बोहोरा रहेका छन् । एक छोरी निर्मला र श्रीमती येनीमाया खड्का रहेका छन् । नेत्रबहादुरका पाँच जना नाति र तीन जना नातिनी रहेका छन् ।

नेत्रबहादुरको निधनप्रति पूर्वाञ्चल दैनिक र पूर्वाञ्चलडेलीडटकम परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here