भुटानी शरणार्थीलाइ पनि खोप दिइने

१८ श्रावण २०७८, सोमबार मा प्रकाशित

पथरीशनिश्चरे ।

पूर्वी मोरङको पथरीशनिश्चरे नगरपालिकाका सबै वडामा ५० वर्षदेखि ५४ वर्ष सम्मका नागरिकका लागि कोरोना भाइरस विरुद्ध जनसन खोप उपलब्ध गराइएको छ ।

एक मात्रा लगाए पुग्ने उक्त खोप सोमबार वडा नम्बर २ का लागि नगर अस्पताल, ३ को सहरी स्वास्थ्य केन्द्र, ४ र १० का लागि शनिश्चरे स्वास्थ्य चौकी र ६ का लागि आधारभूत स्वास्थ्य केन्द्र मंगलबारेमा खोप उपलब्ध गराईको हो ।

यसैवीच, भोलि मंगलबार वडा नम्बर १० स्थित भूटानी शरणार्थीहरुलाई शरणार्थी शिविरमा खोप लगाईदै छ । १८ वर्ष माथिका करिब सबै शरणार्थीलाई जन्सन खोप उपलब्ध गराउन लागिएको नगरका स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जानकारी दिनुभयो।

गएको आइतबार वडा नम्बर १ का नागरिकका लागि वडाकै शहरी स्वास्थ्य केन्द्र, ७ को सहरी स्वास्थ्य केन्द्र, ९ र ८ को शनिश्चरे स्वास्थ्य चौकी, ५ नं को हसन्दह स्वास्थ्य चौकीमा खोप सञ्चालन भएको थियो ।

५० देखि ५४ वर्ष सम्मका साथै १८ वर्षमाथिका अपाङ्गता भएका क र ख श्रेणीका व्यक्तिहरु, खोप अनिवार्य भएको बैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुले उमेर खुल्ने सहितका आवश्यक कागजात पेश गर्नु पर्ने थियो ।

सो समूहका लागि झण्डै ५ हजार व्यक्तिलाई खोप लगाइएको छ । पथरी शनिश्चरेमा यसअघि ५५ वर्ष उमेर समूह माथिका लागि भेरोसिल खोप लगाइएको थियो ।

यस अघि र चालु अवस्थामा खोप लगाउन छुट भएका उमेर समूहका लागि वडास्तरबाट तथ्यांक संकलन गरी नगरले खोप माग गर्ने समेत बैठकले निर्णय गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा स्वास्थ्य शाखाका एकराज खत्री सहितको टोलीले विभिन्न खोप केन्द्रहरुको अनुगमन गरेर आवश्यक सल्लाह र निर्देशन दिनुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here