आलो–पालो सेवा

0
840

बिर्तामोड ।

जिल्ला प्रशासन कार्यालय झापाबाट प्रदान गरिने सेवाका लागि आलो–पालो तालिकाको व्यवस्था गरिएको छ ।

प्रशासन कार्यालयले सोमवार सूचना जारी गरी आलो–पालो सेवा प्रवाह गर्ने जनाएको हो । दोस्रो लहरको कोभिड–१९को संक्रमणका कारण गत साउन १७ गतेदेखि कार्यालयले सेवा स्थगित गरेको थियो ।

कार्यालयको सेवामध्ये अत्यावश्यक र अति जरुरी सेवाहरु स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी भदौ १ गतेबाट आलो–पालो अनुसार प्रवाह गरिने बताइएको छ ।

जस अनुसार मंगलवार भद्रपुर र हल्दिवारी, बुधवार कनकाई र झापा, विहीवार मेचीनगरका वासिन्दालाई सेवा प्रवाह गरिनेछ । त्यस्तै शुक्रवार बिर्तामोड, आइतवार अर्जुनधारा बाह्रदशी, सोमवार बुद्धशान्ति र कचनकवलका वासिन्दालाई सेवा प्रवाह गरिने जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here