बिर्तामोडबाट ब्राउन सुगर सहित चार जना पक्राउ

0
959

झापा ।

झापाको बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ बिर्तमोड–५ जात्रुबारीबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम सहित पक्राउ गरेको हो ।

त्यस्तै बिर्तामोड–१ चारपानेबाट प्रहरी टोलीले बिर्तामोड–१ कि बर्षीया देवी तामाङ र बिर्तामोड ५ कि २१ बर्षीया सिता खतिवडालाई लागूऔषध ब्राउन सुगर ४ ग्राम ४५ मिलीग्राम सहित पक्राउ गरिएको छ ।

पक्राउ परेका चारै जना विरुद्ध ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here