पीएसजीको लगातार तेस्रो जित

0
724

काठमाण्डौं ।

फ्रेन्च लिग वान अन्तर्गत गएराति सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सहज जित निकालेको छ। स्टेड फ्रान्सिस-ले मा सम्पन्न खेलमा पीएसजीले घरेलु टोली ब्रेस्टलाई ४-२ गोलअन्तरले हराएको हो।

खेलको २३ औं मिनेटमा एन्डर हेरेराको गोलमा अग्रता बनाएको पीएसजीका लागि दोस्रो गोल किलियन एम्बाप्पेले ३६ औं मिनेटमा गरेका थिए। उता घरेलु टोलीका फ्रान्क होनोरटले ४२ औं मिनेटमा गोल फर्काउँदा पहिलो हाफमा पीएसजी २-१ ले अघि रह्यो।

दोस्रो हाफमा पीएसजीका इड्रिस्सा गुइएले गोल थपे। उनले खेलको ७३ औं मिनेटमा गोल गर्दा एन्जेल डी मारियाले ९० औं मिनेटमा गोल गरे। त्यसअघि ब्रेस्टका स्टेभ मउनिइले ८० औं मिनेटमा गोल गरेका थिए।

खेलमा पीएसजीले केही स्टार खेलाडीहरुलाई उतारेको थिएन। ब्राजिलियन स्टार नेइमारदेखि नवअनुबन्धित लियोनल मेस्सी, सर्जियो रामोशलगायता खेलाडीहरु मैदानमा उत्रिएनन्।

जारी सिजन यो पीएसजीको लगातार तेस्रो जित हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here