काठमाडौं,

पाँच हप्तामा ४८ लाख बढिले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत बिहीबारसम्ममा ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।
त्यस अघि झण्डै ३६ लाखले मात्रै कोराना विरुद्धको खोप लगाएका थिए भने अहिले खोप लगाउने संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको मन्त्रालयले जनाएको छ । दैनिक १ लाख ५० हजारको हाराहारीमा खोप लगाउने काम भइरहेको छ ।
त्यसमध्ये ४९ लाख ७ हजार ५ सय २३ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन् । त्यस्तै ३७ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो डोज लगाएका छन् । अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको पुगेको छ भने पहिलो डोज लगाउने १६.८ प्रतिशत छन् ।
पाँच हप्ता अघि दुवै डोज खोप लगाउनेको संख्या ३.९ प्रतिशत मात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशत मात्रै थिए । पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बर पुगेको मन्त्रालयको भनाइ छ ।
सरकारले असोज मसान्तसम्ममा ३३ प्रतिशत जनतालाई कोरोना विरुद्धको खोप निःशुल्क लगाउने घोषणा गरेको छ ।































