मृगौला पीडित दुई शिक्षकलाई सहयोग

२६ भाद्र २०७८, शनिबार मा प्रकाशित

झापा ।

मृगौला पीडित भद्रपुरका दुई शिक्षकलाई उपचारका लागि सहयोग रकम हस्तान्तरण गरिएको छ ।

नेपाल शिक्षक महासंघ भद्रपुर नगर समितिको अगुवाइमा सङ्कलन गरिएको ३ लाख ६६ हजार रुपैयाँ मिर्गौला पीडित शिक्षकद्वय ‘मोहम्मद बदरूद्दिन र गीता भण्डारीलाई हस्तान्तरण गरिएको महासंघका नगर अध्यक्ष गणेश गिरीले जानकारी दिए ।

महासंघ नगर समितिले ‘मो. बदरूद्दिन–गीता भण्डारी बचाऊ अभियान’ थालेको छ । मृगौला प्रत्यारोपणका लागि भारतको दिल्ली पुगेका गीतालाई एक लाख ७० हजार रुपैयाँ बैङ्क खातामा जम्मा गरिदिएको र प्रत्यारोपणका लागि भारत जाने तयारीमा रहेका बदरूद्दिनलाई उनकै घरमा पुगेर एक लाख ९६ हजार रुपैयाँ हस्तान्तरण गरिएको अध्यक्ष गिरीले बताए ।

शिक्षक बदरूद्दिनका लागि मात्रै २६ हजार रकम सङ्कलन भएकोले उनलाई थपेर दिएको उनको भनाइ छ । विभिन्न विद्यालयका शिक्षक, पूर्व शिक्षक, विद्यार्थी र शुभेच्छुक दाताले महासङ्घको आव्हान अनुसार सो रकम सहयोग गरेको र शिक्षक संघ–संगठनलाई समेत आभार प्रकट गर्दै इच्छुक दाताहरूलाई सहयोगको ढोका अझै खुला रहेको उनले जानकारी दिएका छन् ।

वीरेन्द्र माविकी शिक्षक गीताको प्रत्यारोपण भारत दिल्लीको नोयडास्थित फोर्टिज हस्पिटलमा हुन लागेको छ । उनीहरू परिवारसहित दिल्ली पुगिसकेका छन् । त्यस्तै भद्रपुर माविका शिक्षक बदरूद्दिनलाई मृगौला दान दिने व्यक्तिको तीव्र खोजी भइरहेको पारिवारिक स्रोतले जनाएको छ । उनलाई पनि भारत लैजाने तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

यसअघि भद्रपुरका शिक्षकद्वय अनीता रिजाल र जयिता रायको अगुवाइमा शिक्षकद्वयको उपचारका लागि ६० हजार ५०२ रुपैयाँ रकम सङ्कलन गरी उनीहरूलाई हस्तान्तरण गरिसकेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here