पथरीको पञ्चायत माविले यसै वर्षदेखि पत्रकारिता विषय पढाई थाल्ने

२७ भाद्र २०७८, आईतवार मा प्रकाशित

पथरीशनिश्चरे,

पूर्वी मोरङको पथरीशनिश्चरे १ मा रहेको पञ्चायत माध्यमिक विद्यालयले यसै वर्षदेखि आमसञ्चार र पत्रकारिता विषय पढाइ सुरु गर्ने भएको छ ।

वर्षेनी नयाँ विषय थप गर्दै आएको उक्त विद्यालयले यस शैक्षिक सत्र २०७८ देखि कक्षा ११ मा आमसञ्चार र पत्रकारिता विषय थप गरेको हो । सो विषयमा अध्यापन गराउन भर्ना आह्वान समेत गरिएको विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले जानकारी दिनुभएको छ ।

विराटनगर महानगरपालिका वाहिर पहिलो पटक पथरिशनिश्चरे नगरपालिकाको यो पञ्चायत माविले आमसंचार तथा पत्रकारिता विषयमा पढाई गर्न थालेको हो । प्रअ बुढाथोकीले सूचना, प्रविधि तथा आमसंचार क्षेत्रमा विद्यार्थीको बढ्दोआकर्षणलाई मध्येनजर गदै यो व्यवसायिक विषयलाई पाठ्यक्रमअन्तर्गत समावेश गरिएको पनि बताउनु भयो।

गत वर्ष ललितकला (मूर्तिकला, चित्रकला आदि) र त्यसअघिल्लो वर्ष कानुन समूहका विषय थप गरी पठनपाठन गर्दै आएको छ । यो वर्ष व्यावहारिक विषयको रूपमा ऐच्छिक चौथो समूहमा पर्ने कोड नम्बर ४४११ को आमसञ्चार र पत्रकारिता विषय पढाउने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष आइतकुमारी तुम्बापोले बताउनुभयो ।

मोरङ जिल्लामै लोकप्रिय बन्न सफल

पञ्चायत माविमा हाल विज्ञान, सिभिल इन्जिनियरिङ, कानुन, ललितकला, व्यवस्थापन, शिक्षा र मानविकी संकाय संचालन भैरहेका छन् भने आमसञ्चार र पत्रकारिता विषय मानविकी तथा शिक्षा समूहमा पढाउने व्यवस्था मिलाइएको छ ।

केही महिनाअघि पूर्वी मोरङमा क्रियाशील पत्रकार र नवप्रवेशीका लागि लक्षित गर्दै सो विद्यालयले कक्षा ११ र १२ मा आमसञ्चार र पत्रकारिता विषय पढाउने व्यवस्था मिलाउन अनुरोध भएको प्र अ बुढाथोकीले जोडनु भयोे ।

यसैगरी, नेपाल पत्रकार महासङ्घ मोरङले समेत केही महिनाअघि आमसञ्चार र पत्रकारिता विषयको पठनपाठन गराउन आवश्यक पहल होस् भन्दै विद्यालय प्रशासन समक्ष ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here