पथरी उवा संघको निर्वाचनमा कडा प्रतिस्पर्धा

0
398

पथरीशनिश्चरे,

पथरी उद्योग वाणिज्य संघको आज सोमबार भएको निर्वाचन सौहार्दपूर्ण तवरले सम्पन्न भएको छ। सोमबार सम्पन्न निर्वाचनमा १३ सय बढि मत खसेको हो । विहान ८ बजेदेखि वेलुकी ७ बजेसम्ममा भएको उक्त निर्वाचनमा १ हजार ४ सय बढि खसेको हो ।

कुल १३४ जना आजीवन सदस्य सहित कूल १ हजार ७ सय २० जना मतदाता रहेको सो संघमा पथरी, शनिश्चरे र हसन्दह बजारका उधोगी, व्यवसायी तथा व्यापारीले आफ्नो निक्कै प्रतिष्ठित छाता संस्थाको निर्वाचनमा उत्साहपूर्वक अमुल्य मत जाहेर गरेका छन् । चुनावमा दुवै प्यानलका उम्मेदवारहरूको निक्कै कडा प्रतिस्पर्धा भएको पर्यवेक्षकहरूको आकंलन रहेको छ ।

संघको आगामी कार्यकालका लागि भएको सो निर्वाचनमा एमाले निकट संस्थापन पक्षको प्यानल एक्लै चुनावी मैदानमा उत्रिएको थियो भने ४ राजनैतिक दल कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीको संयुक्त गठबन्धनको साझा प्यानलले संघको अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष , महासचिव, कोषाध्यक्ष , महिला सदस्य , खुल्ला सदस्य गरी कूल १६ विभिन्न पदका लागि उम्मेदवारी दिएका थिए।

आगामी नेतृत्वका लागि संस्थापन समूहको अध्यक्ष पदका लागि दिपक बस्नेत ले उम्मेदवारी दिएका थिए भने ४ दलीय संयूक्त प्यानलबाट संघका पुर्व अध्यक्ष धन कुमार तामाङको उम्मेदवारी परेको छ । उहाँहरूको दुवै प्यानलले पथरी, शनिश्चरे र हसन्दह बजारमा रहेका आफ्ना मतदाताहरूबाट मत प्राप्त गर्दै हुनुहुन्छ ।

संस्थाको निजी जमिनमा निर्माणाधीन भवनलाई सुविधायुक्त कार्यालयको रुपमा पुर्याउने, शान्ति सुरक्षा कायम गर्न स्थानिय प्रशासनसित समन्वय गर्ने, उद्यमशीलता अभिबृद्धि गर्न सहुलियत कर्जाका लागि सहजीकरण गर्ने, अविलम्ब शव वाहन खरिद गर्ने, प्राकृतिक प्रकोप विपद व्यवस्थापन कोष खडा गर्ने, विभिन्न कारणले विस्थापित स साना उद्योगी ,व्यवसायी तथा व्यापारीलाई पुन व्यवसायमा फर्काउने, अति कमजोर आयस्रोत भएका उद्योगी व्यवसायीहरुलाई विमा नीतिअन्तर्गत सुरक्षित गर्ने र तिनका परिवारजनको स्वास्थ्य विमा गर्न गराउन सहयोग गर्ने, वाणिज्य क्षेत्रको समग्र हक हितका लागि काम गर्ने, शिक्षा, स्वास्थ्य, पर्यटन, कुटीर उद्योगको विकास गर्दै सामाजिक संघसंस्थालाई सक्दो सहयोग गर्ने, स्थानिय प्रतिभाको खोजी गर्दै हस्तकला, उद्योग,व्यापार,कृषि, संञ्चार आदि प्रदर्शनी आयोजना गर्ने, पथरीशनिश्चरे नगरलाई सुन्दर बजार समृद्ध बजारको रुपमा विकास गर्ने र व्यापारिक हवको रुपमा प्रवद्र्धन गर्ने, लगायतका भावी संकल्पहरु अघि सारेका छन् ।

नेपाली काँग्रेसका धन बहादुर तामाङ नेतृत्वको साझा प्यानलको वरिष्ठ उपाध्यक्ष ओमप्रसाद लिम्बु(नेकपा, एस), उपाध्यक्ष रवीन राई(माओवादी केन्द्र), महासचिव राजेन्द्र बस्नेत(नेका), उद्योग सचिव प्रेमप्रसाद सुवेदी(नेका), वाणिज्य सचिव खेमनाथ ढुंगेल(माओवादी), कोषाध्यक्ष विजयजंग बस्नेत(नेका) , महिला सदस्यमा मुना पाण्डे, जुनी थपलिया ,र अन्यले खुल्ला सदस्य पदका लागि उम्मेदवारी दिनुभएको छ ।

यसैगरी , संस्थापन समूहबाट अध्यक्ष पदमा संघका निवर्तमान अध्यक्ष दीपक बस्नेत, वरिष्ठ उपाध्यक्षमा यादवचन्द्र दुलाल , उपाध्यक्षमा आशा राई , महासचिवमा अशोक राई, वाणिज्य सचिवमा ईश्वरी सापकोटा, उद्योग सचिवमा मान बहादुर श्रेष्ठ , कोषाध्यक्ष पदमा उद्धवराज बस्नेत तथा महिला सदस्य देवी राई, मिता राई सहित १६ जना खुल्ला सदस्यका लागि उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here