अखिल क्रान्तिकारी मोरङमा घिमिरेको नेतृत्व

१४ आश्विन २०७८, बिहीबार मा प्रकाशित

 

विराटनगर । नेकपा (माओवादी केन्द्र)को भातृ संगठन अखिल (क्रान्तिकारी)ले मोरङ जिल्ला कमिटीको पदाधिकारी टुंगो लगाएको छ । अखिल क्रान्तिकारीले
नगेन्द्रबहादुर घिमिरेको अध्यक्षतामा ६३ सदस्यीय जिल्ला कमिटी गठन गरेको हो ।

केही दिन अघि सम्पन्न पन्ध्रौं जिल्ला सम्मेलनले ६३ सदस्यीय जिल्ला कमिटी गठन गरेको भएपनि सहमति बन्न नसक्दा पदाधिकारी निर्वाचित हुन सकेको थिएन ।
असोज १० गते बसेको जिल्ला कमिटीको पूर्ण बैठकले आन्तरिक विवाद समाधान गरी जिल्ला कमिटीको पदाधिकारीको टुंगो लगाएको हो ।
अखिल क्रान्तिकारीले चार जना उपाध्यक्ष, सचिव, र चार सह–सचिव र कोषाध्यक्ष सहित ११ सदस्यीय पदाधिकारी निर्वाचित गरेको छ । क्रान्तिकारीले सरोज किराँती, रेणुकान्त यादव, जयप्रकाश यादव र अशोक खत्रीलाई उपाध्यक्ष निर्वाचित गरेको छ भने धर्मेन्द्र ऋषिदेव सचिवमा निर्वाचित भएका छन् ।

यस्तै उमेश ढुंगाना, आशिका लम्साल, बसन्त नेपाल र उमेश सेन्चुरी अखिल क्रान्तिकारी मोरङ जिल्ला कमिटीको सहसचिव निर्वाचित भएका छन् ।
कोषाध्यक्षमा प्रतिभा साह निर्वाचित भएको अखिल क्रान्तिकारीले जनाएको छ ।
अखिल क्रान्तिकारीमा अध्यक्ष दावी गर्दै आएका निवर्तमान संयोजक टेकेन क्षेत्र र अभिमन्यु यादवले आफ्नो दाबी नछोडेपछि बैठकले दुवै
आकांक्षीहरुलाई केन्द्रीय कमिटी र प्रदेश कमिटीका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । बैठकले टेकेन क्षेत्री, अभिमन्यु यादव, सागर राई र
प्रतिमा लिम्बुलाई केन्दीय र प्रदेश कमिटीमा सिफारिस गरेको हो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here