एमालेमा सयबढी कार्यकर्ता प्रवेश

२३ आश्विन २०७८, शनिबार मा प्रकाशित

इलाम ।

माई नगरपालिका इलाममा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेहरुको लहर चलेको छ ।

वडा भेला अन्तरगत सन्चालित अगुबा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा नेका, माओवादी केन्द्र, जसपा र लिम्बुवान परित्याग गरि सय जनाको हाराहारीमा एमाले प्रवेश गरेका हुन्।

बिकास र सम्वृद्धिमा एमालेले गरेको कार्यले मात्र मुलुक सम्बृद्धिको बाटोमा लाग्ने देखिएकाले एमालेमा प्रवेश गरिएको उनिहरुले जनाईएको छन। जनताको बहुदलीय जनबादको बिचार संग नजिक भएको र अन्यदल जनताको आधारभुत आवश्यकताको निकट हुन नसकेकोले एमालेनै रोजेको नवप्रवेशीहरुले बताएका छन्।

उनीहरुले माओबादी केन्द्र, नेकपा एस, नेपाली कांग्रेस, जसपा र लिम्बुवानमा पद, ब्याक्तिबादी स्वार्थ र पदलोलुप्ता बढी भएकाले सो समुह छोडी बिकास प्रिय पार्टीमा समाबेश भएको जनाएका छन। शनिबार माईको-६ नम्बर वडामा ३२ जनाले एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेमा माओबादी केन्द्रबाट १८ जना, नेकाबाट १३ जना र लिम्बुवानबाट-१ जनाले प्रबेश गरेका हुन् ।

त्यस्तै बिहिबार र शुक्रबार वडा भेला अन्तगत माई-१ बाट १९ जना, माई–५ बाट ११ जना, माई–९ बाट ७ परिबार र माई–१० बाट २५ परिबारले सामुहिक प्रबेश गरेका छन् । अझै एमालेमा प्रवेश गर्नेको सुची प्राप्त भईरहेको एमाले माई नगर कमिटिले जनाएको छ ।

नब प्रबेशीलाई नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष तथा प्रदेश साँसद राम राना, जिल्ला कमिटी सचिवालय सदस्य तथा ईलाम जिल्ला समन्वय प्रमुख गणेश बराल, जिल्ला कमिटी सदस्य एवम माई नगरपालिकाका मेयर दिपककुमार थेवे, प्रदेश कमिटि सदस्य ध्रुब श्रेष्ठ, नेकपा एमाले ईलाम कार्यालय सचिव रबिन्द्र सुबेदी लगायतले खदा र टीका लगाएर स्वागत गर्नुभएको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here