क्लबस्तरीय फुटबल प्रतियोगिताको उपाधि चारआली एफसीलाई

२६ आश्विन २०७८, मंगलवार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–११स्थित देउनीयमा जारी क्लबस्तरीय नकआउट फुटबल प्रतियोगिताको उपाधि चारआली फुटबल क्लबले जितेको छ ।

स्थानीय देउनीय खेल मैदानमा मंगलबार सम्पन्न फाइनल खेलमा इन्दिरा आमा क्लबलाई ०–१ गोल अन्तरले पराजित गर्दै चारआलीले उपाधि जितेको हो ।
चरआलीको जितको लागि खेलको १२औं मिनेटमा विशाल दर्जीले गोल गरेका थिए । जितसँगै चारआलीले नगद पुरस्कार १५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।

त्यसैगरी उपविजेता इन्दिरा आमा क्लबले नगद पुरस्कार १० हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए । विजेता र उपविजेता टिमले प्राप्त गरेको नगद पुरस्कार क्रमश अर्जुनधारा–११ वडा समिति र सालबारी मिलडाँडा युवा परिवारका पूर्व अध्यक्ष किरण जवेगुले प्रायोजन गरेका थिए ।

त्यस्तै प्रतियोगिताको उत्कृष्ट गोलरक्षक राजकुमार लिम्बू(चारआली), उत्कृष्ट डिफेन्डर सुजन विक(इन्दिरा आमा क्लब), उत्कृष्ट फरवार्ड विवेक राई (चारआली), फाइनल खेलको उत्कृष्ट खेलाडी विशाल दर्जी(चारआली) र अनुशासित टिम लक्ष्मीधाप फुटबल क्लब भएको थियो ।

प्रतियोगिताको विजेता, उपविजेता र उत्कृष्ट हुने खेलाडीहरुलाई प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार राना, नगर कार्यपालिका सदस्य भैरवबहादुर खड्का, बिर्तामोड नगर कार्यपालिका सदस्य सूर्यप्रसाद कन्दङवा, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा”लगायतले नगद तथा पुरस्कार प्रदान गरेका थिए ।

सोही कार्यक्रमको अवसरमा जिल्ला फुटबल संघकोतर्फबाट स्थानीय जुनकिरी प्राथमिक विद्यालयका विद्यार्थीहरुका लागि तीन थान फुटबल प्रदान गरिएको थियो । बडादशैंको अवसरमा स्थानीय सामुदायिक सिर्जनशील समाजको आयोजनामा आयोजित प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पु¥याउने संघ–संस्थाका प्रतिनिधिहरुलाई कार्यक्रममा प्रशंसा पत्र प्रदान गरिएको थियो ।

समाजका अध्यक्ष जगत राना मगरको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन सचिव रञ्जित परियारले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here