जगद्गुरु जन्मस्थलमा चतुर्मास भागवत

१२ मंसिर २०७८, आईतवार मा प्रकाशित

सप्ताह ज्ञानमहायज्ञ, एकादशीय ज्ञानमहायज्ञ लगायतका पावन अनुष्ठानहरु प्रायः सबैले सुनेको र सहभागी भएको हुन सक्छ । तर, यहाँ चतुर्मास भागवत–पाठका बिषयमा चर्चा गर्ने प्रयास गरिएको छ । जुन, श्रीजगद्गुरु जन्मस्थल संरक्षण तथा पूर्वीय दर्शन अध्ययन केन्द्र, बुद्धशान्ति–२ ले आयोजना गरी समापन गरेको छ । श्रावण ५ गतेको हरिशयनी एकादशीबाट अविछिन्न कुनै दिन नटुटाई–नछाडी भव्यरुपमा एकै पटक ११८ दिनपछि आउने कात्तिक २९ गतेको हरिबोधिनी एकादशीको चार दिनपछि पर्ने निम्वार्काचार्य जयन्तीका अवसरमा समापन गरिएको थियो ।

उक्त पाठपारायणमा झापा जिल्लासहित बिभिन्न क्षेत्रका ५९ जना आचार्य व्यासविद्धान पण्डितहरुले पालो मिलाएर निःशुल्क आफ्ना अनमोल अमृतवाणीद्वारा भक्त–महानभावहरुलाई कृत–कृतार्थ गराउनु भएको थियो । त्यसैगरी प्रत्येक दिनको दीप प्रज्ज्वलन लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको बाहुलीबाट नित्य गरिएको थियो । यो पनि अनवरत थियो, सबै पक्षहरु सहज अवस्थामै समेटिँदै सम्पन्न गर्दै अघि बढ्नुमा जगद्गुरु महाराजश्रीको सङ्कल्प नै कारकतत्वका रुपमा रहेको सबैको अनुमान रह्यो, किनकि यो अद्भूत कार्य सोचे जति सरल भने थिएन । श्रीजगद्गुरु महाराजश्रीको सङ्कल्प साथै श्रीजगद्गुरु जन्मस्थल संरक्षण तथा पूर्वीय दर्शन अध्ययन केन्द्र, बुद्धशान्ति–२, झापाको निर्णय समेतका बलकै कारण हुन सकेको भन्ने चर्चाहरु पनि सुन्नमा आए । यो महान र अत्यन्त दुर्लभ कार्यक्रममा उपस्थित हुने अवसर प्राप्त हुन सक्यो, यो हाम्रो सौभाग्य हो भन्ने सहभागीहरुको धारणा अबिरल आउँथ्यो । जगद्गुरु जन्मस्थलको कार्यालय भवनको पहिलो तलाको सभाहलमा चतुर्मास भागवत महापुराण सञ्चालित थियो ।

परमादरणीय नेपाल राष्ट्रका ऐतिहासिक प्रथम जगतगुरु अनन्तश्री बिभुषित बालसन्त मोहनशरण देवाचार्य माहाराजश्रीबाट बुद्धशान्ति गाउँपालिकामा रहेको श्रीजगद्गुरु जन्मस्थल, सप्तकौशिकी तटको चतरा कुम्भमेलास्थल, काठमाडौं शंखमूल, नेपाल माताको ७५ फिट अग्लो मूर्ति निर्माणस्थल कञ्चनपुर भम्केनीधाम, उत्तरी खण्डको जोमसोम पीठ लगायतका जम्मा अधिराज्य भरी नौ वटा पीठ र स्थानमा एकै साथ २०७८ श्रावण ५ को हरिशयनी एकादशीबाट भागवतपाठ थालनी गरिएको थियो । जगद्गुरु महाराजश्रीको चतुर्मास भागवत पाठपारायण सञ्चालन गर्ने सङ्कल्पका कारण श्री जगद्गुरु जन्मस्थल तथा पूर्वीय दर्शन अध्ययन केन्द्र, बुद्धशान्ति–२ झापाले निर्णय गरेर यस श्रीजगद्गुरु जन्मस्थलमा पनि अन्य स्थानमा भैंm हरिशयनी एकादशीबाट थालनी गरी २०७८ कात्तिक २९ को हरिबोधिनी एकादशीमा समापन गरिएको थियो ।

नेपाल पंचाङ्गका अनुसार आषाढ शुक्ल–पक्षको श्रावण ५ गतेमा रहेको हरिशयनी एकादशी अन्य समयको एकादशीभन्दा विशेष महत्वको एकादशीका रुपमा वैदिक शास्त्रहरुमा ब्याख्या गरिएको पाइन्छ । यो विशेष महत्व रहनुमा सृष्टिकर्ता भगवान श्रीहरि अर्थात् भगवान विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन(सुत्न) गर्न जानु हुने भएकाले यसको महत्वमा थप वृद्धि भएको हो । यसैकारण पनि यस एकादशीलाई हरिशयनी एकादशी वा देवशयनी एकादशी भन्ने पनि गरिन्छ । हरिशयनी एकादशीलाई तुलसीरोपण दिवसको रुपमा पनि लिइन्छ । निर्जला एकादशीको दिन छरेको तुलसीको बीऊलाई हरिशयनी एकादशीका दिन रोप्ने अनि पूजा गर्ने चलन परापूर्वकालबाट चलिआएकोले लामो सस्ंकृति र इतिहास हामीसँग छ ।

तुलसीको बोटले घर वरपरको वातावरण स्वच्छ बनाउन मद्दत पु¥याउँछ भनेर विज्ञानले समेत स्वीकारेको छ । भगवान विष्णुको प्रतिकका रुपमा घर–घरमा तुलसी रोपिनुको पछाडि, एउटा त यही कारण भयो, अर्काे कारणमा यसको पात, पूmल लगायतको पूजनले भगवान विष्णुलाई खुशी गराउन सकिन्छ र पूजाले पूर्णता पाउँछ, भन्ने जनविश्वास छ । पुनः यसको पात, पूmल सबै उपयोगी औषधि भएकाले रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिमारीहरुको उपचारमा घरेलु औषधिका रुपमा उपयोगमा ल्याउने गरिन्छ । हिन्दूसंस्कृति रुचाउनेहरुका लागि तुलसीको महत्व धेरै ठूलो छ । यसैकारण पनि हुन सक्छ प्रायःहिन्दू परम्परालाई पछ्याउनेहरुले आफ्ना घर अगाडि आगनको उत्तर–पूर्वी ईशान कोणमा तुलसीको मठ बनाएर रोप्ने गरेको देखिन्छ ।

हरिशयनी एकादशीबाट भगवान विष्णु शयन हुने चार महिनाको समयभित्र श्रावणी व्रत, गणेश चतुर्थी, हरितालिका तीज, ऋषिपञ्चमी, नागपञ्चमी, नवरात्री, कोजाग्रत पूर्णिमा, गोवद्र्धन पूजा आदि जस्ता थुप्रै पूजा र व्रतहरु पर्दछन् । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चतुर्मास सकिन्छ । विष्णु भगवान चीरनिन्द्रामा सुतेको बेला अर्थात् चतुर्मासभित्र कुनै पनि मङ्गल कार्यहरु जस्तै विवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीपछि मात्र मङ्गलकार्यका लगन तथा मुहुर्तहरु शुरु हुने गर्छन् । हरिबोधिनी एकादशीलाई एकादशीहरुमा सबैभन्दा ठूलो एकादशीका रुपमा लिने प्रचलन रहेकाले यो एकादशीलाई ‘ठूली–एकादशी’ पनि भन्ने गरिन्छ ।

तुलसीको महत्वको बिषयमा पद्यपुराणको एउटा प्रसंगलाई लिन सकिन्छ । देवी बृन्दाले भगवान विष्णुलाई आफ्नो पतिको रुपमा पाउन गरेको तपस्यासँग तुलसीको महत्व जोडिएको छ । सधैँ तुलसीको जरा र पातमा श्रद्धाभावले पानी अर्पण गरेमात्र पनि भगवानको कृपाले आपूmले चाहेको फल प्राप्त हुने जनविश्वास छ । स्कन्धपुराणमा पनि तुलसीको पूजा गरेमा अनन्त फल प्राप्त हुने प्रसंग आउँछ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन भगवान विष्णुको भजन–किर्तन गर्दै रातभर जाग्राम बसे सुख, समृद्धि र सबै प्रकारको मनोकामना प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।

यस महत्वपूर्ण चाड र अवसरमा श्रीजगद्गुरु पीठ लगायत अधिराज्यका महत्वपूर्ण नौ स्थानमा श्रीजगद्गुरु महाराजश्रीको सङ्कल्पका कारण एकैसाथ २०७८ श्रावण ५ को हरिशयनी एकादशीबाट २०७८ कात्तिक २९को हरिबोधिनी एकादशीको चार दिनपछिसम्म अनवरत् अविछिन्न चतुर्मास भागवत पाठपारायण सञ्चालनमा रह्यो । यस अवधिमा ६९ जना लब्धप्रतिष्ठित महानुभावहरुबाट दिप–प्रज्वलन भइरह्यो । जम्मा एक सय २२ दिनपछिको निम्वार्काचार्य जयन्तीमा चतुर्मास व्रत समापन हुनसक्ने भएकाले उक्त दिन लाख बत्ती प्रज्वलन, हवनसहितका कार्यक्रम भव्य र आकर्षक थिए । भद्रपुर नपा निवासी बालकृष्ण पोख्रेल र उहाँको पिताजी आदरणीय वृद्ध व्यक्तित्व गुप्तराज पोख्रेललाई मन्तव्यपछि खादा र रुद्राक्षमालाद्वारा सम्मान गरिएको थियो ।

मानव अधिकारकर्मीसहितको टोलीले बर्ष उत्कृष्ट बुहारी बुद्धशान्ति–२ निवासी तारादेवी सुवेदी र बर्ष उत्कृष्ट पुरुष मेचीनगर नपा निवासी अशोक सुब्बालाई सम्मान गर्ने निश्चय गरेकाले माववाधिकारकर्मी श्रीप्रसाद रिजाल र अध्ययन केन्द्रका सचिव कृष्णप्रसाद ढकालले संयुक्तरुपमा सम्मान गरिएको थियो । अध्ययन केन्द्रका अध्यक्ष लीलानाथ भट्टराईको नियमित उपस्थिति र उपाध्यक्ष अर्जुनकुमार सुवेदीको देखरेख अनि सदस्य नन्दकुमार तिम्सिनाको व्यवस्थापनले कार्यक्रमलाई थप रौनक दिएको थियो । अनुष्ठान अवधि अत्यन्त लामो भए पनि पवित्रताको कारणले होला, यहाँ कोरोनाले कसैसँग मित्रता गाँस्न सकेन, सुनिएन यो एउटा अशल पक्ष रह्यो ।

(ढकाल श्रीजगद्गुरु जन्मस्थल संरक्षण तथा पूर्वीयदर्शन अध्ययन केन्द्रका सचिव हुन् ।)

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here