बलेरोको ठक्करबाट स्कूटर चालकको मृत्यु

0
748

झापा,
झापाको कमल गाउँपालिका ४ स्थित पूर्व पश्चिम राजमार्गमा बलेरोको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा झापा शिवशताक्षी–८ का ४१ बर्षीय नर बहादुर गहतराज रहेका छन । पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको मे।१च ११६७ नम्वरको बलेरोले बिपरित दिशा तर्फ आउदै गरेको मे।६प २७१६ नम्वरको स्कुटरलाई ठक्कर दिदा गम्भीर घाईते भएका स्कुटर चालक गहतराजको उपचारको क्रममा दमक लाईफ लाईन अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा संलग्न बलेरो र चालक मोरङ रंगेलीका दिपक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here