मोरङ,
मोरङको पथरीशनिश्चरे नगरपालिका कृषि तथा पशुपंछी शाखाबाट अनुदानका लागि पेश हुन आएका प्रस्तावहरुमाथि फिल्ड भेरिफिकेशन गरिएको छ ।
विहीवार सम्पन्न अनुगमनमा वडाबाट पेश भएका आवेदनउपर स्थलगत अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा वडा नं ५, ६ र १० का आवेदकले विभिन्न परियोजनाहरूको लागि माग भएका आवेदनउपर स्थलगत अध्ययन तथा अनुगमन गरिएको थियो।

दूध दुहुने मेसिन, च्यापकटर मेसिन, प्लाष्टिक टनेल, माछापोखरी लगायत दाना पिस्ने मेसिन लगायतका मागहरका बारेमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, आर्थिक विकास समिति संयोजक यामप्रसाद गुरागाई, कृषि शाखा प्रमुख सावित्रा कार्की, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दाहाल, वडाध्यक्ष जोगबहादुर धिमाल, वडा अध्यक्ष जयबहादुर तामाङ , कार्यपालिका सदस्य गीता विश्वकर्मा सहितको टोलीले अनुगमन गरेको थियो ।































