सुरुङ्गा ।

भीमसेन बचत तथा ऋण सहकारी संस्था लिमिटेड कनकाई नपा–३, सुरुङ्गाको आयोजनामा प्रशिक्षण सम्पन्न भएको छ ।
सहकारीमा आबद्ध बजार प्रतिनिधि तथा कर्मचारीहरूको काम, कर्तव्य र दायित्वसम्बन्धी प्रशिक्षण प्रदान गरिएको थियो । निक्षेपकर्ता र शेयर सदस्यसँग प्रत्यक्ष संलग्न भई कारोवार गर्ने भएकाले कर्मचारी र बजार प्रतिनिधि बढी सेवाग्राहीमैत्री हुनुपर्नेमा सो कार्यक्रममा जोड दिइएको थियो ।
भीमसेन साकोसका सञ्चालक समितिका अध्यक्ष नरेन्द्रकुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष रत्नकुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए । संस्थाका कार्यालय प्रमुख खगेन्द्र श्रेष्ठले स्वागत मन्तव्य राखेको प्रशिक्षणमा उक्त साकोसका सचिव तेजबहादुर प्रधान र सञ्चालक सदस्य तीर्थराज खरेलले सहजीकरण गरेका थिए ।






























