छविराज ढकाल/ पथरीशनिश्चरे,

‘इन्ट्रा पथरीशनिश्चरे फुटबल प्रिमियर लिग’-०७८को दोश्रो संस्करणको उपाधि द रियल व्रोदर्सले चुमेको छ ।
फाइनलमा द रियल ब्रदर्श एफसीले न्यूस्टार एफसीका विरुद्ध २-१ अन्तरले गोल गर्दै उपाधि चुम्दै “चेम्पियन’ भएको हो । खेलको न्यु स्टारका जर्सी नं १६ का सन्देश केसीले पहिलो हाफको अतिरिक्त समयमा १ गोल गर्दै आफ्नो टिमको लागि खाता खोलेको थिए ।
खेलको ४६ औं मिनेटमा द रियल व्रोदर्स एफसीका जर्सी नं ४ का समीर याखाले १ गोल गर्दै खेललाई बराबरीमा पुर्याएका थिए। पुनः २ मिनेटमा रियल व्रोदर्सका जर्सी नं ९का अंकित लिम्बुले हेडमार्फत अर्को गोल थपेपछि आफ्नो टिमलाई २-१ को अन्तरले यस संस्करणको उपाधि दिलाएका हुन् ।
आज शनिबार सम्पन्न खेलका प्रमुख अतिथि समेत रहनुभएका पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिप कुमार राईले २ लाख ५१ नगद सहित मेडल र ट्रफी प्रदान गरिएको थियो भने उपविजेता न्यू स्टार एफसीले १ लाख ५१ हजार र ट्रफी प्राप्त गरेको थियो ।
खेलको म्यान अफ द म्याच विजयी टिम द रियलका जर्सी नं ८८ का विशाल पाण्डे घोषित भए । उनलाई ३ हजार नगद सहित मेडल र ट्रफी प्रदान गरिएको थियो। यसैगरी, अन्य विधातर्फ बेष्ट गोलकिपरद रियलका रोजन धिमाल , बेष्ट डिफेन्स – द रियलकै दिपेश धिमाल , बेष्ट मिड फिल्डर- न्यू स्टार एफसीका दिपेन माझी ,बेष्ट फरवार्ड -रियलका अंकित लिम्बु ,हाई स्कोरर -न्यु स्टार एफसीका जूनियर साँवा , बेष्ट कोच- रियलका सागर कार्की, लगायतलाई ७ हजार ५ सयका दरले नगदसहित ट्रफी प्रदान गरिएको थियो ।
आजको फाइनल खेलमा ईन्ट्रा वेलफेयर फाउण्डेसन अफ अमेरिकाको नेपाल एम्वाष्डर समेत रहनुभएका नेपाली चलचित्रका निर्देशक तथा कलाकार अमित ढुंगाना, नेपाली चलचित्रका सुपरस्टार नायक दिलिप रायमाझी, वरिष्ठ गायक डम्बर नेपाली, द भ्वाइस अफ नेपाल सिजन-३ का विजेता किरण गजमेर , गायिका ममता गुरुङ लगायतका राष्ट्रिय तथा स्थानीय स्थानीय र राष्ट्रिय स्तरका विभिन्न कलाकारहरूको उपस्थिति रहेको थियो ।
उनीहरूले शनिबार साँझ विभिन्न गीतहरु गाइरहँदा दर्शकको चर्को हुटीङ्ग र वाई वाई पाएका थिए ।


























