शंकराचार्य पीठ साधुटारमा दैनिक रु एक दान ११ करोडको अक्षयकोषको स्थापना महाअभियान : वुवाको स्मृतिमा सामाजिक विकास मन्त्री यादवद्वारा एक लाख ११ हजार रुपैयाँ सहयोग

0
454

अर्जुनधारा, शंकराचार्य पीठ साधुटारले दैनिक रु एक दान ११ करोडको अक्षयकोषको स्थापना महाअभियानका लागि ४५ लाख बढी रकम शंकलन गरेको छ ।
साधुटारमा रहेको गुरुकुलको व्यवस्थापनसहित विपद् व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको सो कोषमा दिनहुँजसो रकम जम्मा हुने गरेको छ ।
शनिबार प्रदेश नं.१ का सामाजिक विकास मन्त्री जयकुमार यादवले आफ्ना स्वर्गीय पिता बज्रु यादवको स्मृतिमा एक लाख ११ हजार एक सय ११ रुपैयाँ रकम प्रदान गर्ने घोषणा गरेका छन् ।
साधुटारका सर्वाङ्गीण विकासका लागि सहयोग पु¥याउने वचन बद्धता समेत राखेका यादवले वैदिक सनातन धर्मको संरक्षण र संवद्र्धनमा साधुटारले पु¥याएको योगदानको खुलेर प्रशंसा समेत गरे ।
२०७७ साल फागुन १ गतेबाट शंकराचार्य पीठमा सञ्चालित अभियान अहिले रकम जुटाउन लागि परेको पीठका अध्यक्ष एवम् व्यासाचार्य लक्ष्मीप्रसाद खतिवडाले बताए । गत वर्षबाट झापाका तत्कालिन् प्रजिअ श्रवणकुमार तिम्लिसना, एसपी सानुराम भट्टराई, आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले रसिद काट्दै अभियानको शुभारम्भ गर्नु भएको थियो – अध्यक्ष खतिवडाले भने “निश्चित समयभित्र कोषको रकम ११ करोड पु¥याउँदै साधुटारको सर्वाङ्गीण विकासमा लाग्छौं ।”
शनिवार शंकराचार्य पीठमा आयोजित कार्यक्रममा जीपी फाउण्डेशनका प्रदेश १ संयोजक श्याम पौडेल, हार्ट फाउण्डेशनका झापा संयोजक कुमारमणि पोखरेल,नेपाली कांग्रेस अर्जुनधाराका उपसभापति प्रशान्त भण्डारी, पाथीभरा एफएम्का प्रवन्ध निर्देशक राजेन्द्र चम्लगाई लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको संचालन पीठका उपाध्यक्ष शान्तिराम नेपालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here