देवकोटाको संयोजकत्वमा ‘सनातन एकता केन्द्र नेपाल’ गठन

0
714

झापा, “हिन्दुत्व संरक्षण तथा धर्म परिवर्तन विरुद्धको महाअभियान” भन्ने मुख्य नारासहित झापाको अर्जुनधारामा ३० बढी धार्मिक संस्थाहरुको भेला शनिबार सम्पन्न भएको छ ।
भेलाले रञ्जन देवकोटाको संयोजकत्वमा नौ सदस्यीय ‘सनातन एकता केन्द्र नेपाल’ गठन गरेको छ । नवगठित समितिको सहसंयोजकमा सोमनाथ सुवेदी, सचिवमा भीम भट्टराई र सदस्यहरुमा केदार खड्का, जयराम भट्टराई, तुलसीप्रसाद निरौला, निराजन ओली, प्रदीपकुमार पुरी र सूर्य सुवेदी चयन भएका छन् ।


नवगठित समितिलाई विस्तार गरी २१ सदस्यीय बनाउने लक्ष्य लिएको उक्त केन्द्रले जिल्लामा हुने धर्मानन्तरण विरुद्ध अभियान सञ्चालन गर्ने बताइएको छ ।
हिन्दू जागरण नेपाल झापाको संयोजनमा अर्जुनधारा–७स्थित अर्जुनधारा जलेश्वर धामको श्रवण हलमा आयोजित उक्त भेलाको प्रमुख अतिथि हिन्दु जागरण नेपालका केन्द्रीय अध्यक्ष रामकृष्ण उपाध्यायले उद्घाटन गरेका थिए ।
विभिन्न गुट र समूहको नाममा हिन्दु धर्म माथि भएको चौतर्फी आक्रमणलाई प्रतिकार गर्ने उद्देश्यले उक्त सभाको आयोजना गरिएको प्रमुख अतिथि उपाध्यायले जानकारी दिए । २०७१ सालमा स्थापना भएको हिन्दु जागरण नेपालको मुख्य उद्देश्य धर्म परिवर्तन मुक्त, जातिय छुवाछुत मुक्त र सनातन हिन्दु राष्ट्र नेपाल निर्माण गर्नु रहेको उनले दावी गरे ।
भेलामा हिन्दु जागरण नेपालका प्रमुख प्रशिक्षक धुव्रराज लूँइटेल, अर्जुनधारा जलेश्वर धामका मुल अर्चक अग्निप्रसाद सिग्देल, राष्ट्रवाद केन्द्र नेपालका संयोजक निराजन ओलीलगायतले हिन्दु धर्म संरक्षण र त्यसको चुनौताका विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए ।
हिन्दु जागरण नेपाल झापाका अध्यक्ष खगेन्द्रप्रसाद निरौला‘क’को अध्यक्षतामा आयोजित भेलामा स्वागत मन्तव्य सदस्य खगेन्द्र निरौला‘ख’ले गरेका थिए । उक्त भेलाको सञ्चालन सदस्य गंगाराम रिमालले गरेका थिए ।
सोही भेलाले रञ्जन देवकोटाको संयोजकत्वमा नौ सदस्यीय ‘सनातन एकता केन्द्र नेपाल’ गठन गरेको हिन्दु जागरण नेपाल झापाका अध्यक्ष निरौलाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here