पाथीभरामा भण्डरा हुने

0
591

गणेश अर्याल इलाम।

इलामको पाथीभरा मन्दिरमा झापाका भण्डरा हुने भएको छ । चैत्र दशैको सन्दर्भ पारेर झापाका अग्रवाल ब्यपारीहरुको समुह पाथीभरा भण्डरा समिति बिर्तामोड ले प्रसाद बितरण कार्यक्रम आयोजना गर्न लागेको हो ।

हरेक बर्ष असोज शुक्ल पक्ष र चैत्र शुक्ल पक्ष मा यो भण्डरा आयोजना हुदै आएको भण्डरा यस बर्ष चैत्र २६ गते शनिबार मन्दिर परिसरमा आयोजक समितिका सदस्य सन्तोष अग्रवालले बताउनु भयो । ब्यापरी समुहले आम्दानीको केही हिस्सा संकलन गरेर सामाजिक क्षेत्रमा लगाउने गरेको छ ।

बिगत ७ बर्ष अघि बाट लगातार सञ्चालन हुदै आएको यो कार्यक्रम कोरनाको कारण गत बर्ष भने सामान्य रुपमा प्रसाद मात्र बितरण गरेर आयोजना गरिएको सदस्य अग्रवालले बताए । आयोजकले यस अघि पाथीभरा मन्दिर भएको अग्लो डाँडामा स्वस्थ्य खानेपानीको ब्यवस्था मिलाएको जनाइएको छ ।

सात बर्षको अवधिमा १४ पटक सञ्चालन भइसकेको र यसलाइ निरन्तरता दिने आयोजक समितिका सदस्य अग्रवालले बताउनु भएको छ । पाथीभरा मन्दिरमा पानी पु¥याउने कार्यको सिलसिलामा झापाका उद्यागी ब्यपारीहरुले सहयोग गरेका थिए ।

कुटिडाँडा स्थीत मार्से खोला मुहान बाट बिद्युतीय मोटरको सहायतामा मन्दिर क्षेत्रमा पानी पु¥याइएको थियो । त्यस क्रममा पाथीभरा भण्डरा समुहले सहयोग गरेको पाथीभरा क्षेत्र बिकास कोष का अध्यक्ष दौलथकुमार राईले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here