लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

0
311

झापा । 

झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट लागूऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका–७ सुकुम्बासी टोलका ५४ बर्षीय अमृत खड्का रहेका छन् ।

इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँचको क्रममा खडकाको साथबाट १४ ग्राम लागूऔषध ब्राउन सुगर बरामद गरेको हो ।

लागूऔषध सहित पक्राउ परेका खड्काको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here