कमल ।

समावेसी महिला सशक्तिकरण केन्द्रद्वारा महिला तथा बालबालिका माथि हुने हिंसा न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।
कमल गाउँपालिका–३ स्थित सिंहदेवी सामुदायिक भवनको सभाहलमा सम्पन्न कार्यक्रममा समाजमा अहिले पनि महिला तथा बालबालिका माथि हुने हिंसा हुने गरेकोले त्यसलाई न्यूनीकरण गर्दै समुन्नत समाजको निर्माण गर्ने विषयमा सचेतनामूलक कार्यक्रम भएको आयोजकले जनाएको छ ।
केन्द्रकी अध्यक्ष सृजना निरौला(पौडेल)को अध्यक्षतामा सम्पन्न कार्यक्रम कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले, ३ नं. वडाध्यक्ष नरप्रसाद दंगाल, छत्र फागो, अग्नि कोइराला लगायतले महिला तथा बालबालिका माथि हुने हिंसा न्यूनीकरण गर्न सामुहिक प्रयास आवश्यक रहेको बताएका थिए । उनीहरुले अझै पनि महिला हिंसाका घटनाहरु बढिरहेकाले सचेतनामूलक कार्यक्रम आवश्यक रहेको धारणा व्यक्त गरे ।
कार्यक्रममा सहभागीलाई प्रमिला न्यौपानेले सहजीकरण गरेकी थिइन् । केन्द्रकी सचिव भबिता राईले सञ्चालन गरेको कार्यक्रममा ३७ जनाको सहभागिता रहेको थियो ।






























