किसानसँग अनुदान सम्झौता

0
422

तनहुँ,

नेपाल लाइभस्टक सेक्टर इनोभेशन आयोजना विकेन्द्रीकृत आयोजना सहयोग एकाइ पोखराले तनहुँका ठूला २३ पशु फार्मका किसानलाई अनुदानमा आर्थिक सहयोग गर्न लागेको छ । विश्व बैंकको ऋण सहयोगमा सञ्चालित अनुदान कार्यक्रमअन्तर्गत १५ निजी फार्म र आठवटा समूह, सहकारी र सङ्घमार्फत बढीमा रु ८६ लाख ६० हजारसम्म अनुदान प्रदान गर्न लागेको हो ।

निजी फार्मतर्फका १५ मध्ये १० वटा बाख्रा फार्म र पाँचवटा दुग्ध फार्मका किसानहरुलाई अनुदान प्रदान गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा बालकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

फार्म सञ्चालकले काम गरेको प्रगतिका आधारमा तीन चरणमा गरी किसानलाई रकम भुक्तानी गर्ने प्रावधान रहेको उहाँले बताउनुभयो । उक्त कार्यक्रममा २० प्रतिशत फार्म सञ्चालकको लगानी, ३० प्रतिशत बैकको ऋण र ५० प्रतिशत अनुदान प्रदान गरिने सो कार्यालयले जनाएको छ । पशुपालनतर्फ सबैभन्दा ठूला अनुदान रकम पाउनेमा जिल्लाको भिमाद नगरपालिकास्थित सूर्योदय कृषक समूह रहेको छ । उक्त फार्मले रु ८६ लाख २५ हजार अनुदान पाउनेछ ।

त्यसैगरी आँबुखैरेनिको छिम्केश्वरी बाख्रा समूहले रु ४८ लाख ३४ हजार, शुक्लागण्डकी नगरपालिकाको शुक्ला गण्डकी कृषि पर्यटन सहकारी संस्थाले रु ४९ लाख ६४ हजार, आँबुकै मस्र्याङ्दी बहुउद्देश्यीय सामूहिक संस्थाले रु ७५ लाख, म्याग्दे गाउँपालिकाको उज्यालो बहुउद्देश्यीय सहकारी संस्थाले रु ३५ लाख ६० हजार, घिरिङ्को शालिकराम बाख्रा फार्मले रु ३० लाख ९३ हजार अनुदान रकम प्राप्तिका लागि प्रक्रियामा रहेका छन् ।

त्यसैगरी दुग्ध उत्पादनतर्फ सबैभन्दा बढी रकम अनुदान पाउनेमा व्यासको चिन्तुटार दुग्ध उत्पादक संस्थाले रु ८६ लाख ६० हजार र व्यासनरपालिकास्थित जिल्ला दुग्ध उत्पादक सङ्घले रु ६३ लाख ९६ हजार लगायतका किसानहरुले अनुदानका लागि सम्झौता गरेका छन् ।

त्यसैगरी, व्यासनगरपालिका–४ चुरेखोल्सीस्थित गङ्गा देवी बाख्रा फार्मले रु २० लाख ५० हजार अनुदान रकम प्राप्तिका लागि प्रक्रिया अघि बढाएको छ । ठूला अनुदान कार्यक्रमअन्तर्गत तीन पटकसम्म सार्वजनिक सुनुवाइ कार्यक्रम र तीन चरणमा कार्ययोजना सम्पन्न गर्ने कार्यतालिका सार्वजनिक गर्नुपर्ने व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here