सिस्ने।

गठबन्धन दलको वडा नं. १ कार्यालय उद्घाटन गर्दै प्रमुख पदका प्रत्यासी उम्मेदवार रञ्जीता कार्कीले विकास सँगसँगै सुशासनयुक्त समाज निर्माणमा आफ्नो अहम् भूमिका हुने बताएकी छिन् ।
१४ गतेबाट वडा नं. १ हुँदै चुनाव प्रचारमा निस्किएकी कार्कीले प्रजातान्त्रिक समाजवादभित्र समग्र नेपालीहरुको भावनालाई सम्बोधन गर्न अर्जुनधारा क्षेत्रमा गठबन्धन दर्बिलो रहेको बताइन् ।
उनले अगाडि भनिन्– ‘जनताले योपटक नयाँ मान्छे, नयाँ दलबाट हुने काम खोजिरहेका छन् । त्यसैले गठबन्धनमार्फत समावेशी अनुहार यहाँहरु समक्ष आएको छ ।’
सिस्नेमा आयोजित कार्यक्रममा उपप्रमुखका प्रत्यासी जीतेन योञ्जनले काम गर्ने शैली र उज्यालो नगर बनाउने आधार आफूहरुसँग भएको हुँदा यहाँहरुको अमूल्य मत रहने बताए । प्रचार अभियानमा सरिक रहेका मदन बुढाथोकीले समावेशी सहअस्तित्व निर्माणमा महिलाहरुको अहम् भूमिका भएको हुँदा जनताको आँगनमा महिला उम्मेदवार लिएर आएको बताए ।
पवित्रस्थल अर्जुनधारा धामबाट अभियान शुरु गरेको गठबन्धनले साधुटार मन्दिरमा पुगेर आशिर्वाद मागेका थिए । गठबन्धन अन्तर्गत रहेका जनमुक्तिका वडा सदस्य अगम येक्तेनले वडा नं. १का जनताका लागि आफ्नो टिम सेवा गर्न तत्पर रहेको बताउँदै उज्यालो वडा निर्माणमा गठबन्धनलाई मत दिन आग्रह गरे ।
कार्यक्रममा महिला नेतृ सरस्वती गोले, नगर उपसभापति चतुर्भुज काफ्ले, युवा नेता भरत बुढाथोकी लगायत कर्यकर्ताहरुको सहभागिता रहेको थियो । गठबन्धनको टोली विहीबार वडा नं. २ अन्तर्गत घरदैलो अभियानमा जुटेको प्रचार समितिका संयोजक चतुर्भुज काफ्लेले जानकारी दिए ।
वडा नं. २मा भएको घरदैलो अभियानमा पुगेका गठबन्धनका उम्मेदवारहरुलाई स्थानीय शुभेच्छुकहरुले स्वागत गरेको जनमुक्तिका नेता पदम लिम्बूले जानकारी दिए ।
स्वागत कार्यक्रममा गठबन्धनका प्रमुख पदका उम्मेदवार कार्कीले आफू बिजयी भए विकट क्षेत्र अन्तर्गत पर्ने वडा नं. १ र २ लाई छुट्टै स्थानमा हरेक क्षेत्रमा सेवा दिने प्रतिवद्धता व्यक्त गरिन् ।


























