लघुकथा– : आमा

१७ बैशाख २०७९, शनिबार मा प्रकाशित

यो शनिवार त के हो के हो कामै भ्याइन्न भन्या । अरुबेला सधैँ दौडिदै ठिक्क हुन्छ । एक्लै फतफटाउँदै कपडा धुदै थिइन् बसुन्धरा। आज फेरि आमाको मुख हेर्ने दिन उनको माइती टाढा थियो । बिहानैदेखि आमालाई फोन हान्दै थिइन् आमा व्यस्त हुनुन्थ्यो सायद फोनमा कुरा हुन पाएन। बिहानको सुसेधन्दा गर्दै आमालाइ पुनः फोन गरिन ,यसपटक चाहिँ लाग्यो मातातिर्थ औंशीको शुभकामना दिइन् आमालाई । बाबुलाई पनि दिन लगाइन् ।
त्यसपछि घरमा सासुआमालाई पनि मुख हेर्न भनेर तयारी गरिन् । उनकी सासू प्रायः बिहान मन्दिर जाने गर्नुहुन्थ्यो त्यसैले कुरेर बसिन् । अरुबेला आठ बजे नै आईहाल्नु हुन्थ्यो तर आज अलि ढिला नै गर्नुभयो । उनलाई चिन्ता लाग्न थाल्यो। कतै रिक्सा पाइएन कि, अरु केहि भयो कि बाटो काट्न, हिड्न गाह्रो हुने मान्छे ।विपिनलाई लिन जानु न मम्मी यतिबेलासम्म पनि आउनु भएन भनिन् तर । आइहाल्नुहुन्छ नि जान्न म भने गइन् ।
तरकाटी काटिन् दालचामल धोइवरी ठिकठाक पारिन् र सासुलाई कुरिरहिन् करिव दश बजेतिर बल्ल आउनुभयो। किन के भयो ढिला आउनुभयो भनेर सोधिखोजी गरिन् । मन्दिरमा औंशीको दिन भएकाले भीड भएको कुरा बताउनुभयो। आज त आमाको मुख हेर्ने दिन केही सामान किन्न जान भ्याइन भन्दै प्लेटमा फलफूल राखेर दिइन् र खुट्टामा ढोग्दै थिइन् सासु आमाले तिमीले त किन हो र बरु विपिनले छोरो हो केरे आमाको मुख हेर्न पर्नि तू भन्नुभयो । खै किन उनलाई सासु आमाको त्यो वाक्यले निकै दुःख लाग्यो तर देखाइनन् । उहाँले पनि त हेर्नुहोला नि भन्दै आँखा भरि आँशु लिएर आफ्नो कोठातिर गइन्।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here