पथरीशनिश्चरे,

मोरङको पथरी-शनिश्चरे नगरपालिकामा समुदायस्तरमा मातृ तथा पेरिमेन्टल( प्रसव) निगरानी तथा प्रतिकार्य सम्बन्धि नर्सिङ तालिम सुरु भएको छ । आईतबार पथरीशनिश्चरे नगरपालिकाकी उपमेयर यमुना विष्ट बास्तोलाको अध्यक्षतामा भएको एक औपचारिक समारोह बिच उक्त तालिम सुरु भएको हो।
समुदायका कुनै पनि महिलाले आफ्नो गर्भावस्थादेखि प्रसुति भएको डेढ महिनासम्ममा आमा तथा शिशुको अकालमा मृत्यु हुने दरलाई अझै न्यूनीकरण गर्ने उद्देश्यले उक्त तालिम संचालन गरिएको हो।
प्रदेश नं १ को स्वास्थ्य कार्यालयको आयोजनामा शुरु भएको उक्त तालिममा मोरङका उर्लाबारी र पथरीशनिश्चरे नगरपालिकाका विभिन्न स्वास्थ्य केन्द्र र अस्पतालमा कार्यरत ४० बढी नर्सहरूको सहभागिता रहेको छ ।
सहभागीहरूलाई स्वास्थ्य शाखा मोरङकी नर्सिङ निर्देशक झरना गिरीले सहजीकरण गरिरहनुभएको छ भने नगरका स्वास्थ्य शाखाका सहायक निरीक्षक जगत बहादुर मगर समेत तालिममा सहजीकरण गरिरहनुभएको छ।
नगरको स्वास्थ्य शाखाका प्रमुख मुरारी आचार्यको समेत उपस्थिति रहनुभएको उक्त तालिम उद्घाटनमा नगर स्वास्थ्य शाखाका सहायक जगत मगरले महिलाको गर्भावस्था शुरु भएदेखि प्रसुति हुँदा र शिशुको जन्म हुदाँको समय र जन्मिए पछिका ४० दिन भित्रमा खतरा उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै समुदायका महिलाहरुको र शिशुको मृत्यु मृत्युदर घटाउने उद्देश्यले तालिमको आयोजना गरिएको स्वास्थ्य सायक निरिक्षक जगत बहादुर मगरले बताउनुभयो।






























