आचार्य परिवारमा शोक

0
602

अर्जुनधारा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी अर्जुनधारा नगर कार्य समितिका सचिव,समाजसेवी सुरेन्द्र आचार्यलाई मातृ शोक परेको छ।

झापाको अर्जुनधारा नगरपालिका-१सातकटेरी निवासी आचार्यका ममतामयी माता तथा पत्रकार रत्नबहादुर बस्नेतको बूढी सासू समेत रहेकी कृष्णमाया आचार्यको जेठ १२ गते बिहिबार ९५ वर्षको उमेरमा निधन भएको हो। उनको स्थानीय टाङटिङ खोलामाअन्तेष्टी गरिएको पारिवारिक स्रोतले जनाएको छ।

पिता विष्णुलाल र माता जसोदा खनालको कोखबाट जेठी छोरीको रुपमा इलाम जिल्लाको एकतप्पामा बि.सं. १९८५ भदौ१५ गते जन्मिएकी उनी २०५४ सालदेखि अर्जुधारा-१ सातकटेरीमा बसोबास गर्दै आएकी थिइन्। उनका पति डम्बरबहादुर आचार्यको पहिल्यै मृत्युु भइसकेको छ। अत्यन्त मिलनसार र धार्मिक प्रवृतिकी स्व.आचार्य हलुवागढ सामुदायिक वन उपभोक्ता समूहद्वारा सम्मानित भइसकेकी थिइन्।

उनका चार छोराबुहारी पदमबहादुर-चन्द्री, गणेशबहादुर-ख्यामकुमारी,भक्तराज-राधाकुमारी, सुरेन्द्र-कमला आचार्य तथा तीन छोरीज्वाइँ अभिमाया-स्व. तारा कार्की, धनमाया-पूर्णबहादुर बस्नेत, रत्नमाया-मानबहादुर थापा,२९ नातिनातिनी, ४५ पनातिपनातिनी तथा ३खनाति रहेको नाति बासुदेव आचार्यले जानकारी दिए।

जेठा छोराको निधन भइसकेको छ भने माइला पदमबहादुर नेकपा माओबादी केन्द्रका संगठित सदस्य तथा हलुवागढ पर्यापर्यटन क्षेत्र कालीखोलाका कर्मचारी हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here