सुनसरी।

सुनसरीको कोशी गाउँपालिका ८ स्थित नयाँ बाँध खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत बिहार जिल्ला सुपौल ग्राम पञ्चायत भिमनगर १३ लालपुर घर भई सुनसरी कोशी गाउँपालिका ८ बस्ने रविन्द्र शर्माको घरमा पाहुना आएका १६ बर्षीय राजेश शर्मा रहेका छन् ।
नुहाउने क्रममा खोलामा डुबेको स्थानीयले देखी उपचारको लागि स्थानिय किल्निक भण्टाबारीमा ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।
घटनाको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटि गई कानुनि प्रकृया पुरा गरी शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवा पठाई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।






























