‘बेथिति रोक्न छड्के अनुगमन गर्छाैं’

३१ जेष्ठ २०७९, मंगलवार मा प्रकाशित

झापा।

गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलवती राजवंशीले गाउँपालिका भित्र छड्के अनुगमन गर्दै बेथिति रोक्ने बताएकी छिन् ।

स्वास्थ्य, शिक्षा लगायतको सेवालाई थप प्रभावकारी बनाउन गाउँपालिकाले छड्के अनुगमन गर्ने अध्यक्ष राजवंशीले बताइन् । अध्यक्ष राजवंशीले पालिकाभित्र रहेका कार्यालयबाट प्रवाह हुने सेवा बारे जनताको गुनासो वारम्वार आइरहेको र त्यसलाई रोक्न आफू लागीपर्ने बताइन् ।

त्यस्तै उपाध्यक्ष पुजन न्यौपाने कुँवरले आफ्नै संयोजकत्वमा अनुगमन समिति रहने भएकाले गाउँपालिकाबाट सञ्चालित योजनासहितका सबै सेवाको अनुगमनलाई तीव्र बनाउने बताइन् ।

आगामी बजेटको प्राथमिकताको बारेमा बोल्दै उपाध्यक्ष न्यौपानेले स्वास्थ्य, शिक्षा, कृषि र खानेपानी लगायत खोलानाला नियन्त्रणको बिषयमा केन्द्रित रहेर यो बर्षको बजेट, नीति तथा कार्यक्रम निर्धारण गरिने जानकारी दिइन् ।

कार्यक्रममा वडा नं १का वडाध्यक्ष कार्तिकलाल राजवंशी, वडा नं. २का वडाध्यक्ष किनालाल राजवंशी, वडा नं. ३ का वडाध्यक्ष श्रवण गिरी, वडा नं. ४ का वडाध्यक्ष, फेका गिरी र वडा नं. ५ का वडाध्यक्ष बिजयसिंह गन्गाँई तथा कार्यपालिका सदस्य रीता तामाङले बजेट निर्माणमा स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रित रहेर बजेट निर्माण गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रम रिपोट्र्स क्लब नेपाल झापा शाखाले आयोजना गरेको थियो ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here